

झापा । नेकपा एमाले झापा अध्यक्ष चिन्तन पाठक किड्नीमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्य अवस्था असामान्य भएपछि अध्यक्ष पाठक बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सोमबार भर्ना भएका हुन् । एक हप्तादेखि पाठकको किड्नीमा समस्या देखिएको थियो । चिकित्सकका अनुसार उनको किड्नीमा दुइवटा स्टोन रहेका छन् ।

एउटा चार एमएम र अर्को ९ एमएमको हुँदा पाठकको किड्नी सुनिएको छ । अस्पताल स्रोतको अनुसार आज राती अपरेशन गरेर स्टोन फ्याँकिने बताइएको छ ।

स्वास्थ्य लाभ लिन अध्यक्ष पाठक केही दिन अस्पताल बस्नु पर्ने चिकित्सकहरुले बताएका छन् । अस्पताल भर्ना भएसँगै उनको पीसीआर टेस्ट पनि गरिएको छ ।
रिपोर्ट अहिले साँझ पाँच बजे आउने अस्पताल स्रोतले जनाएको छ ।
Views: 218

