Aamsanchar

सावधान , सुन्दर केटीसंग विवाह नगर्नु

Author Image
बुधवार, कार्तिक १०, २०७३

राजनीति र कुटनीतिका पिता आचार्य चाणक्यले आफ्नो जीवनकालका अनुभव चाणक्य नीतिमा वर्णन गरेका छन् ।

उनले जीवनको हरेक क्षेत्रलाई आवश्यक पर्ने सम्बन्धित नीतिबारे उल्लेख गरेका छन् ।

चाणक्यका अनुसार व्यक्तिको विवाह पुर्व कन्याको सुन्दरता अपेक्षा गर्नुभन्दा पनि कुल कस्तो छ भनेर हेर्नु महत्वपुर्ण हुन्छ । त्यस्तै उनले कस्तो ठाउँमा घर बनाउन राम्रो हुन्छ त्यसबारे पनि उल्लेख गरेका छन् ।

 

विवाह गर्ने समय युवतीको सुन्दरता होइन कुल हेर्नुपर्छ

 

धेरै युवायुवती विवाहको समयमा सुन्दरतालाई बढी महत्व दिने गर्छन् । यो गलत हो । सुन्दरतालाईमात्र हेरेर विवाहका लागि तयार हुनु चाणक्य नीति अनुसार गलत हो । चाणक्यका अनुसार धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुदैनन् ।

 

समझदार व्यक्ति उच्च कुल अर्थात् संस्कारी परिवारमा जन्मिएकी युवतीसँग विवाह गर्छन् । सुन्दर युवतीले भन्दा पनि विचार राम्रो हुने केटीहरुले घर व्यवहार सम्हाल्न सक्छन् ।

यस प्रकारका युवती कम सुन्दर हुन्छन् । यस्ता युवतीहरुसँग विवाह गर्न फलदायी हुन्छ । सुन्दर युवतीमा संस्कार छैन भने घर भाड्ने काम गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर