Aamsanchar

लागुऔषध ब्राउनसुगर सहित अर्जुनधाराका तिनजना पक्राउ

Author Image
शुक्रवार, जेठ २१, २०७८

प्रतिकात्कम तस्वीर गुगलबाट ।

झापा। झापाको बिर्तामोड नगरपालिका–९ धौलापुरबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका–५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय दिपक चौधरी र एक १७ बर्षीय बालकलाई बिहिवार राती ७ बजे १ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको प्रदेश जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका तिनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 471

प्रतिक्रिया (०)

सम्बन्धित खबर