Aamsanchar

अग्रभागमा रहेर खटिएका एम्बुलेन्स चालकलाई जोइन्ट हेण्डको प्रोत्साहन सहयोग

Author Image
सोमवार, जेठ २४, २०७८

बुधबारे। जोइन्ट हेण्ड युथ सोसाइटी बुद्धशान्तिले सोमबार बुद्धशान्ति आइसोलेसन मार्फत कोभिड समय देखि हालसम्म अग्रभागमा रहेर खटिएका २ एम्बुलेन्स चालकलाई ५००० बराबरको प्रोत्साहन सहयोग रकम हस्तान्तरण गरेको छ।

कोभिड संक्रमित लाई घर देखि आइसोलेसन स्थल तथा विभिन्न अस्पताल सम्म पुर्याउन आफ्नो ज्यान जोखिममा राखेर फ्रन्ट लाइनमा खटिने एम्बुलेन्स चालकहरु लाई जोइन्ट हेण्डले बुद्धशान्ति गाउपालिका अध्यक्ष रमेशकुमार भुजेल, वाड नम्बर ६ का वडा अध्यक्ष शम्भुप्रसाद पौडेल तथा संस्थाका सचीव गोकुल पौडेल ,कोषाध्यक्ष प्रवेश भट्टराई र सदस्य पवन खनालको उपस्थितिमा प्रोत्साहन सहयोग हस्तान्तरण गरिएको संस्था का उपाध्यक्ष अनिल वाग्ले ले जानकारी दिए।

यस अघि पनि कोभिडको दोश्रो लहरमा जोइन्ट हेण्डले गाउपालिका लाई २५ थान एन्टिजेन्ट कोरोना टेस्ट कीट,आइसोलेसनमा रहेका बिरामीलाई १४ थान पानी तताउने इलेक्ट्रोनिक जग,१४ थान औषधि राख्ने टुल बितरण गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर