Aamsanchar

बुद्धशान्तिको आइसोलेसन सेन्टरलाई शिवाकोटी परिवारको ५१ हजार सहयोग

Author Image
शनिवार, जेठ २९, २०७८

बुधबारे । झापा बुद्धशान्ति–२ स्थित शिवाकोटी परिवारले बुद्धशान्ति गाउँपालिकाले संचालनमा ल्याएको आइसोलेसन सेन्टरलाई नगद ५१ हजार १ सय ५ रूपैयाँ र १० प्याकेट मास्क प्रदान गरेको छ ।

कोभिड नियन्त्रणमा बुद्धशान्ति गाउँपालिकाको भूमिका महत्त्वपूर्ण र प्रभाबकारी भएको भन्दै शिवाकोटी परिवारले सहयोग गरेको हो ।

आफ्ना स्वर्गीय श्रीमान् तथा बुबा राधाप्रसाद शिवाकोटीको स्मृतिमा बुद्धशान्ति–२ को शिवाकोटी परिवारले बुद्धशान्ति गाउँपालिकाले संचालनमा ल्याएको आइसोलेसन सेन्टरलाई ५१ हजार १ सय ५ रूपैयाँ र १० प्याकेट मास्क प्रदान गरेको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिनुभयो ।

स्वर्गीय राधाप्रसादका श्रीमती रमादेवी र छोरा उद्धव शिवाकोटीले सो सहयोग रकम र सामग्री गाउँपालिका अध्यक्ष भुजेललाई शनिबार हस्तान्तरण गर्नुभयो । बुद्धशान्ति–२ का राधाप्रसाद शिवाकोटीको २०५२ सालमा निधन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर