Aamsanchar

कामना सेवा बिकास बैंकद्वारा वृद्ध आश्रममा खाद्ययन्न सहयोग

Author Image
सोमवार, जेठ ३१, २०७८

बिर्तामोड । एक महिना भन्दा धेरै समय देखि पूर्ण लकडाउन भएपछि केही क्षेत्र बाहेक सबै बन्द र मानिसको आवतजावतनै ठप्प भएपछि दाताहरुकोे सहयोगको भरमा चल्दै आएका सामाजिक संस्थाहरु खाद्यय संकटमा परिरहेका छन् । त्यस्तै हरेक दिनजसो दाताले सहयोग दिएको भरमा चल्दै आएको झापाको बिर्तामोडमा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्ध आश्रम पनि एकमा परेको छ ।

आश्रममा आश्रित जेष्ठ, असाहय नागरिकलाई भरण पोषणको लागि केही सहज बनाउन सोमबार कामना सेवा बिकास बैंकले केही खाद्यय र दैनिक उपभोग्य बस्तुहरु आश्रमलाई प्रदान गरेको छ ।

अतिआवश्यक बस्तुहरु दाल १० किलो, भुजा १० किलो, तेल एक काटुन, १ कटुन जुस, विस्कुट,चिनी, फिनेल, हर्पिक, सेनिटाईजर लगायतका सामान उपलब्ध गराईएको बताईएको छ ।

लकडाउनको वेला सामाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न ठाउँमा सहयोग गर्दै आएको बैंकले बिर्तामोडको वृद्धाआश्रमलाई पनि सहयोग गरेको बैंककी प्रतिनिधी झरना दाहालले बताईन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर