Aamsanchar

हेल्पिङ हेण्ड जापानद्वारा अर्जुनधार–५ का १० परिवारलाई खाद्ययन्न सहयोग

Author Image
मङ्गलवार, असार १, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा–५मा हेल्पिङ हेण्ड जापान टिमले अतिविपन्न १० परिवारलाई राहत वितरण गरेको छ ।

रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव, जिल्लाकै उत्कृष्ट रक्तदानकर्ता तथा अर्जुनधारा ५ का टोल विकास समितिका अध्यक्ष ओमप्रकाश लुइँटेलको समन्वयमा मंगलवार राहत वितरण गरिएको हो ।

निषेधाज्ञा लम्बिएसँगै टोलमा रहेको अतिविपन्न परिवारलाई हेल्पिङ हेण्डले राहत वितरण गरेको हो । प्रति परिवारलाई ३० केजी चामल, दुई केजी दाल, एक केजी चिनी, एक केजी नुन, नुहाउने तथा कपडा धुने साबुन चार वटा, आटा दुई केजी र तेल १ लिटर राहत स्वरुप प्रदान गरिएको थियो । उनीहरुलाई हेल्पिङ हेण्ड जापानका सदस्य रमेश रिजाल मार्फत  ३० हजार रुपैयाँ बराबरको राहत उपलध गराईएको ओमप्रकाश लुइँटेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर