Aamsanchar

प्रहरीले राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको गर्यो सकुशल उद्धार

Author Image
बुधवार, असार २, २०७८

बुटवल- अबिरल वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । लमही नगरपालिका-७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका-२ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर-३ का २६ वर्षकै गणेश यादव राप्ती नदीमा आएको बाढीका कारण मंगलबार रातिदेखि नदीको बीचमा फसेका थिए ।

लमही-७ हसनापुर र राजपुर गाउँपालिकाको बेला घाटबीचको टापुमा फसेका उनीहरुको सशस्त्र प्रहरी बल भालुवाङका ९ जना र सशस्त्र प्रहरी क्याम्प लमहीका १६ जना गरी २५ जनाको टोलीले बुधबार बिहान उद्धार गरेको हो । बाढीमा फसेका उनीहरु भैँसी पाल्न अस्थायी गोठ बनाएर हसनापुरको टापुमा बस्दै आएका दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)