Aamsanchar

साउनमा डि कौडिन्य पुरस्कार वितरण हुने

Author Image
मङ्गलवार, असार ८, २०७८

बिर्तामोड । तत्कालिन शाही सेनाद्धारा झापाको चारआली सैनिक ब्यारेकमा २०५९ साल साउन ७ गते हत्या गरिएका झापाका पत्रकार देवकुमार आचार्य डि कौडिन्यको नाममा स्थापित डि कौडिण्य पत्रकारिता पुरस्कार यस बर्ष साउन ७ गते बिर्तामोडमा प्रदान गरिने भएको छ ।

सोमबार बिर्तामोडमा भएको प्रेस संगठन झापाको आयोजनामा भएको बैठकले हरेक बर्ष साउन ७ गते प्रदान गरिदै आएको उक्त पुरस्कारको राशी समेत बढाइएको छ । पहिले १५ हजार रुपैँयाको उक्त पुरस्कारको राशी बढाएर हाल २१ हजार बनाइएको छ । पुरस्कार छनौटका लागि प्रेस संगठनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ प्रदेश समिति कोषाध्यक्ष बिमल लामिछानेको संयोजकत्वमा पत्रकार महासंघ प्रदेश समिति सदस्य तथा प्रेस संगठन नेपालका प्रदेश समिति सदस्य लीलाराज झापाली, प्रेस संगठनका जिल्ला अध्यक्ष झुलन रेग्मी, पत्रकार महासंघ झापाका सचिव तथा प्रेस संगठनका नेता डिकेश लामा र पत्रकार महासंघ झापाका सहसचिव राजु पाठक रहेको पुरस्कृत प्रतिभा छनौट समिति गठन गरिएको छ ।

यस अघि यस पुरस्कारबाट पत्रकारहरु चन्द्र भण्डारी, लीला वराल, गन्जबहादुर दाहाल, बिमल लामिछाने र केशव भट्टराई सम्मानित भइसकेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)