Aamsanchar

बुधबारे जेसीज र सानाकिसान सहकारीद्वारा निशुल्क फरूवा वितरण

Author Image
मङ्गलवार, असार ८, २०७८

बुधबारे । बुधबारे जेसीज र सानाकिसान कृषि सहकारी संस्था बुद्धशान्तिले आज एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति १,२ र ३ नम्बर वार्डका २७ जना किसानलाई निशुल्क फरुवा वितरण गरिएको छ ।

बुधबारे जेसीजका सह–कोषाध्यक्ष चन्द वाग्लेको संयोजकत्वमा भएको कार्यक्रममा कृषि पेशालाई मुख्य पेशा बनाएका किसानलाई निशुल्क फरूवा वितरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए ।

कार्यक्रम दुबै संस्थाको लागत साझेदारीमा सप्पन्न गरिएको सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष केशव सापकोटाले बताउनु बताए ।  युवाहरूको संस्था जेसीजसँग आगामी दिनमा पनि सहकार्य गरेर जाने सापकोटाले बताएका छन् ।

कार्यक्रममा बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष कृष्ण ढकाल, सानाकिसानकी उपाध्यक्ष गीतादेवी बुढाथोकी, सदस्य टीकाराम कार्की, गोमादेवी घिमिरे लगायतको आतिथ्यता रहेको कार्यक्रम संयोजक वाग्लेले जानकारी दिए ।

पछिल्लो समय बुधबारे जेसीजले विभिन्न संस्थाहरुसँगको सहकार्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिराखेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 781

प्रतिक्रिया (०)