Aamsanchar

होटलमा कोरोना विरुद्धको खोप फेलापरेको विषयलाई लिएर विद्यार्थीद्वारा बिर्तामोड नगरपालिकामा तालाबन्दी

Author Image
शनिवार, साउन १६, २०७८

बिर्तामोड । शुक्रबार बिर्तामोड स्थित एक होटलमा खोप बरामत भएको विषयलाई लिएर दोषीमाथी कारवाहीको माग गर्दै बिर्तामोड नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

आज बिहान स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी संघ जिल्ला समिति र अखिल क्रान्तिकारी झापाले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् ।

कोरोनाविरुद्धको खोपमा कालोबजारी भई रहेको जनगुनासो आई रहेको बेला बिर्तामोड नगरपालिकाका खोप फेला पर्नु सामान्य विषय होईन भन्दै विद्यार्थी सर्वसाधारणहरु आन्दोलित भएका हुन् । जबसम्म कालोबजारीमा संलग्न व्यक्तीको पहिचान गरेर कारवाही हुँदैन तबसम्मको लागि बिर्तामोड नगरपालिकाको कार्यालयमा लगाईएको ताला नखोलिने नेपाल विद्यार्थी संघ झापाका सचिव पोषराज कटुवालले जानकारी दिएका छन् ।

यसैगरी अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले संघर्षको कार्यक्रम निरन्तर रुपमा अगाडी बढाउने भन्दै यहाँ भएका सबैखाले विकृति अन्त्यको लागि आफूहरु लागेको बताए । बिर्तामोड नगरपालिकाका कोभिड पर्सन ओमबहादुर खड्कालाई कोरोनाविरुद्धको २ सय डोज भेरोसिल खोपसहित बिर्तामोडको लाईमलेस होटलबाट प्रहरीले हिजो पक्राउ गरेको थियो ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर