[नरेन्द्र ढकाल]
बिर्तामोड।
घरबाट छोरीज्वाइँले निकालेपछि चौतारोमा एक वर्षदेखि बस्दै आएका भारतको बाघडुग्रहस्थित विवेकानन्दपोली घर बताउने अनिलकुमार साहले शुक्रबारबाट पुनः झापाको बिर्तामोडमा अर्को घर पाएका छन् ।
केही दिन अघि आमसञ्चार अनलाइनमा उनकाबारेमा समाचार प्रकाशन भएपछि उनको उद्धारको पहल शुरु भएको हो । उनको उद्धार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरी, चारपानेस्थित सहारा नेपालमा कार्यरत बिर्तामोडकी प्रकृति श्रेष्ठ [दुलाल] र परोपकार अनुसन्धान केन्द्र विर्तामोडकी संरक्षक नर्वदा श्रेष्ठको पहलमा उनको उद्धार गरिएको हो ।
झापाको शिवसताक्षी नगरपालिका–९ स्थित माईधार नजिकै एक चौतारोमा बस्दै आएका साह शुक्रबार बिहानदेखि उक्त चौतारोलाई छाडेर परोपकार बृद्धाश्रममा आएका छन् । चौतारोमा ढल्किरहेका साहको मुहारमा शुक्रबार एकाएक खुशी देखिएको थियो कारण थियो उनको उद्धारका लागि लिन आएको जानकारी ।
आमसञ्चारकर्मीसँग उनले आफ्नो व्यथा पोख्न थालि हाले– म जान्छु हजुर, मलाई मेरो छोरीहरुले घरबाट निकाली दिए, आजसम्म यो चौतारोमा बसेँ, मेरो पुकार सुनिदिनुभयो । उनले कसैले आफ्नो उद्धार गरिए भगवान मान्ने कुरा बारम्बार दाहो¥याएका थिए । सन् १९२३ सालमा जन्मिएका अनिलका तीन सन्तान भएको र सबै छोरी मात्र रहेका छन् । सन्तान हुर्काउन आफू नेपालमा आएर गुण९सख्खर० को व्यापार तथा सुपारी, नरिवल लगायतको व्यापार गर्ने गरेको उनले बताए । हाल ९३ वर्ष उमेर पुगेका साहलाई छोरीज्वाइँले घरबाट निकाली दिएपछि उनी नेपाल आएका हुन् । केही वर्ष अघिसम्म हिँड्डुल गर्न सक्ने साह विगत एक वर्षदेखि घ्रिसिएर मात्र हिँड्न सक्छन् । आफ्नो हातगोडा चल्न छाडेपछि चौतारोमा बसेको उनले बताए ।
उनलाई बिहान–बेलुका स्थानीय सन्तोष पुरी र अशोक शाक्यले खाना दिने गरेका थिए । उनको उद्धारका लागि पुगेको टोलीसँग स्थानीय सन्तोष पुरीले भने– हामी अत्यन्त खुशी छौं । यी वृद्धको उद्धार भयो, हामी अभिभावक भएर बेला मौका हेर्न आउने छौं । सन्तोषले हेर्न आउँछु है बा जानु तपाईंलाई कुनै दुःख हुँदैन भन्दा अनिल भक्कानिए, त्यहाँका स्थानीयले हेर्न आउने भनेपछि उनी गाडीमा चढ्न हिँडे । उनले सबैलाई नमस्कार गर्दै चौतारोबाट बिदा लिएर वृद्धाश्रम तर्फ लागे ।
पूर्व–पश्चिम राजमार्ग उत्तरपट्टि रहेको चौतारोमा बसेका अनिललाई स्थानीयले लत्ताकपडा, खाना लगायतका सामग्रीहरु दिने गरेका थिए । शुक्रबार उनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीले एकसरो कपडा किनेर लगाइदिए । उनले भने– एक वृद्धको उद्धारमा सानो पहल गरेको थिएँ, पूर्वाञ्चल दैनिकको सहयोगमा उनको उद्धार भएकोमा आफूलाई जीवनकै सबैभन्दा सन्तुष्टि मिलेको छ । उनले वृद्धवृद्धाको संरक्षण गर्नुपर्ने विचार ब्यक्त गर्दै भोलिका दिनमा आफू पनि बूढो हुने कुरा सम्झनुपर्ने बताए ।
त्यस्तै परोपकार तथा अनुसन्धान केन्द्रकी संरक्षक श्रेष्ठले यी वृद्धको उद्धार गर्न पाउँदा खुशी लागेको बताएकी छन् । आफूहरु असहाय र वृद्धवृद्धाको संरक्षणमा लागेको भन्दै यी वृद्धको राम्रोसंग पालनपोषण गर्ने प्रतिबद्धता समेत जाहेर गरेकी छन् ।
९३ वर्षको उमेरमा पनि स्पष्ट बोल्न सक्ने, कान सुन्न सक्ने साह हिंड्डूल गर्न भने सक्दैनन् । स्थानीयले उनको उद्धारका लागि पहल गरिदिएकोमा उद्धार टोलीलाई धन्यवाद दिएका थिए । मुटु नै काम्ने कठ्याङ्ग्रिने जाडो शुरु हुनै लाग्दा वृद्धको उद्धार भएको भन्दै ट्राफिक प्रमुख गिरीले खुशी व्यक्त गरे । उनलाई वृद्धाश्रमसम्म श्रेष्ठ, गिरीसहितको टोलीले ल्याएको थियो ।
आश्रममा आएपछि उनले आउँदै गर्नु है भन्दै बिदा गरेका थिए । आफ्नो संरक्षणमा पहल गरेको कहिल्यै भुल्न नसक्ने उनले बताए । पछिल्लो समय भौतिक सुख सविधा तथा विलासिताको जीवनले गर्दा मानवता हराउँदै गएको भन्दै समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले मानवतालाई मनिसले कहिल्यै भुल्न नहुने बताए ।
आफू भारतीय भए पनि नेपालको माया रहेको भन्दै नेपालीले अत्यन्तै सहयोग गरिरहेको साहले पटक–पटक दोहो¥याएका थिए ।