Aamsanchar

पूर्वाञ्चलको नवौं साधारणसभा सम्पन्न

Author Image
शनिवार, कार्तिक २०, २०७३

_MG_4826vvv

पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रा.लि. विर्तामोड–२ चारपानेले आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । प्रालिका अध्यक्ष डिल्लीराम सिटौलाको सभापतित्व रहेको कार्यक्रममा बिर्तामोड नगरपालका कार्यकारी प्रमुख रविन्द्र बस्तीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा सहारा नेपाल साकोसका सदस्य ज्ञानुनाथ मैनाली, सहारा साकोसका अध्यक्ष ताराप्रसाद संजेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरि सहारा नेपालका अध्यक्ष भरत गिरी, संस्थाका संरक्षक मुकुन्दराज ढुड्डाना लगायतको आथित्य रहेको थियो ।

कार्यक्रमको संचालन केशव ओझाले गरेका थिए भने मन्तव्य सहित स्वागत डम्बर देउजाले गरेका थिए । ४९ जना शेयर सदस्य आवद्ध शेयर रहेको संस्थाले यस बर्ष १० लाख रुपैया आम्दामी गर्न सफल भएको छ ।

प्रालीले बैक तथा वित्तिय संस्था र हाईड्रोपावरमा शेयर लगानी गर्दै आएको छ भने  व्यापारी, कर्मचारीहरु आवद्ध रहेको संस्था सामाजिक विकासका गतिविधीहरुमा पनि अग्रसर रहदै आएको छ । सब्द तस्वीर : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर