Aamsanchar

रहेनन् पत्रकार न्यौपाने

Author Image
आइतवार, कार्तिक २१, २०७३

काठमाडौं:

05112016081821sanjaya-neupane-1000x0

मस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ ।

ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा साँझ उनको निधन भएको हो । उनी नेपाल आर्थिक पत्रकार समाजमा पूर्वउपाध्यक्ष एवं कारोबार राष्ट्रिय दैनिकका पूर्वसम्पादक थिए । त्यसअघि उनले कान्तिपुर दैनिकमा पनि सेवा गरेका थिए । न्यौपानेका पत्नी, एक छोरा र एक छोरी छन् ।

स्वर्गीय न्यौपानको शनिबार राति पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । न्यौपानेको मस्तिष्क स्नायुसम्बन्धी रोगका कारण झन्डै एक वर्षदेखि उपचार भइरहेको थियो ।’एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनिने स्नायु प्रणालीसम्बन्धी रोग लागेपछि उनी एक वर्षदेखि भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका थिए ।

स्वास्थ्यमा राम्रो सुधार भइरहेका बेला विजया दशमीका दिन एक्कासि बेहोस भएर ढलेपछि उनलाई पुनः मेदान्त लगिएको थियो । उनलाई अस्पतालले नेपालमा उपचार गराउनु भन्दै फिर्ता गरिदिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर