काठमाडौं- काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना जारी गरेको छ। लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेको भन्दै महानगरपालिका राजश्व विभागले आइतबार कर नबुझाउनेको सूची सार्वजनिक गरेको हो।
राजश्व विभागका प्रमुख डा। शिवराज अधिकारीका अनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकी सरह कर असुल गरिने छ।
अधिकारीका अनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन्। केहीले पहिलो किस्ता वापत कर बुझाएका छन् ।केहिले विवरण बुझाएका छन्।
सम्पर्कमा आउनेहरूले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ। तीमध्ये केही सम्पर्कमा आएका छैनन्। अहिले विभागले ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ।
नाम सार्वजनिक गरिएकाहरूलाई लिखित मौखिक सूचना गरिएको छ। सार्वजनिक सूचना जारी गरिएको छ। दिइएको समय सकिने बेला कार्यस्थलमा गएर माइकिङ गरिएको छ।
करदाताको सहजताका लागि काम गरिरहेको भन्दै अधिकारीले यसरी काम गर्दा पनि अटेर गर्नेमाथि कानुनी कारबाही चलाउनुको विकल्प नभएको बताए।
यी हुन कर नतिर्ने करदाताहरू
करदाताको नाम
१ रविन्द्र बहादुर मल्ल
२ दिव्य शम्सेर ज।व
३ जय नेपाल हल
४ इम्पेरियल अपार्टमेन्ट
५ कान्तिपुर होटल
६ शिशु अर्याल
७ होटल ग्याङ्गजोङ्ग( हाल ले हिमालय)
८ सिटी होटल्स
९ शुभकामना हाउजिङ डेभलर्पस प्रा।ली
१० ओम सान इन्टरनेशनल कलेज९हेल्पिङ ह्यास०
११ गोपीकृष्ण मुभिज प्रा।लि।
१२ झिग्मी सिग्मी पर्वल विष्ट
१३ काठमाडौं जेसस
१४ खाद्य संस्थान
१५ सिग्नेचर अपार्टमेन्ट
१६ अम्बे कम्प्लेक्स
१७ टाउन डेभलोपर्स प्रा।लि।
१८ राजेन्द्र कुमार कांवरा
१९ ब्लु बर्ड इन्भेष्टमेन्ट
२० होटल प्लाटिनम
२१ बुद्ध मल
२२ सिद्धार्थ वनस्थली स्कुल
२३ जनमैत्री अस्पताल
२४ ब्याट्री कारखाना
२५ होटल मर्स्याङ्दी
२६ ह्वाइट फिल स्कूल
२७ प्रदीप रत्न ताम्राकार ,उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार
२८ आदर्श नगर बिजनेस प्रा।लि।
२९ वसुन्धरा तुलाधर
३० रञ्जना ट्रेड सेन्टर
३१ केशा प्रोपर्टिज प्रा।लि
३२ बैशाली होटल प्रा।लि।
३३ नेपाल स्काउट
३४ साझा भण्डार
३५ राष्ट्रिय नाचघर
३६ चेम्बर भवन
३७ कर्मचारी संचय कोष भवन
३८ नेपाल रेडक्रस सोसाइटी
३९ नेपाल विद्युत प्राधिकरण
४० नेशनल ट्रेसिङ्ग लिमिटेड
४१ नेपाली जामे मस्जिद
४२ प्रवीण बहादुर के।सी।
४३ मैतीदेवी प्लाजा
४४ भरत गिरी ९युनिभर्सल स्कूल०
४५ गगन वीर सिंह कंसाकार
४६ के।एल।टावर
४७ एपोलो प्रा।लि।
४८ सिटी सेन्टर
४९ वरुण वेभरेज प्रा।लि।
५० रिद्धि सिद्धि डेभलपर्स