Aamsanchar

झापाको विरिङ खोलामा भव्य छैठ पुजा ( १९ फोटो फिचर सहित )

Author Image
आइतवार, कार्तिक २१, २०७३

नेपालको तराई जिल्लामा  मनाईने छैठपर्व झापामा पनि भव्य रुपमा मनाइएको छ । झापाको विरिङ खोलामा विर्तामोड छठ समाज समितिले विगत केही बर्ष देखी व्यवस्थित रुपमा छैठपुजाको आयोजना गदै आएको थियो ।यस बर्षपनि समितिले विरिङ खोलामा ३ सय २० वटा घाट निर्माणगरी अस्ताउदो सूर्यलाई  पुजा गर्ने व्यवस्था मिलाएको थियो ।  

पुजामा नेपाल सरकारका प्रवक्ता,सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की, झापा क्षेत्र नं. ४ का सामसद् प्रेम गिरी, सामसद् मोहन टुडु, सामसद् मनकुमार गौतम, राप्रपा नेपालका केन्द्रिय सदस्य द्वव भक्ति सिटौला, राजकुमार पोखरेल, जिल्लाका सबै राजनिति दलका प्रमुख तथा प्रतिनिधी र विर्तामोडमा रहेका संघ संस्थाका प्रमुख हरुको उपस्थिति संगै यस बर्ष पुजामा करिव ५ हजार भक्तजनको उपस्थिती रहेको थियो ।

तस्वीरहरु : विनोद पाण्डे/आमसंचार

01

औपचारिक कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि  सुचना तथा सञ्चार मन्त्री माननिय सुरेन्द्र कार्की साथमा माननिय सामसद् प्रेम गिरी, छठ सेवा समाजका अध्यक्ष सत्रुघन चौधरी, दाया तर्फ नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष झलकसिंह दर्लामी । 

010

समारोहमा उपस्थित राजनिती दलका नेता तथा संघ संस्थाका प्रमुख हरु ।

019

नदीमा बनाईएको अस्थाई पुलमा बारीपारी गर्दै सर्वसाधारणहरु ।

017

सजाईएको घाटमा ब्रतालुका परिवारहरु । 

016

विवाह मण्डप झै बनाईएको पुजा स्थल ।

015

अस्ताउदो सूर्यको आरधनामा ब्रतालुहरु ।

012

नदी किनारमा मानिसको भिड र पार्किङ गरिएका सवारीहरु । 

014

नदीमा गाडिएको प्रसादको रुपमा प्रयोग गरिने उखुलाक्रा ।

011

नदीको बारीपरी निर्माण गरिएको पुजा स्थल ।

09

सूर्यलाई प्रसाद देखाउदै पहाडी मुलकी एक ब्रतालु महिला । 

07

एकाघ्र आरधनामा एक महिला । 

08

नदीमा बसेर सूर्यलाई हेर्दै एक भक्त ।

02

सजिसजाउ पुजा स्थल अगाडी तस्वीर खिच्न लाग्दै सर्वसाधारणहरु । 

06

दियो जलाउदै एक युवती । 

04

पुजा स्थल (घाट)को अवलोक गर्दै प्रमुख अतिथि कार्की र विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष बलराम कार्की । 

021

बारीपारी घाटमा बालिएको  दियो । 

013

रमाईलोको लागि बालिएको फुलझरी पटका । 

05

प्रज्ज्वलीत चारमुखे दियो । 


018
घाटवाट घर फर्कदै भक्तजनहरु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर