Aamsanchar

सभामुखको कार्यकक्ष बाहिर धर्ना, माधव नेपालसहित १४ सांसदलाई निष्कासनको सूचना टाँस्न माग

Author Image
शुक्रवार, भदौ ४, २०७८

माधव नेपालसहित १४ सांसदलाई निष्कासनको सूचना टाँस्न माग गर्दै ओली समूहका केही सांसद सभामुखको कार्यकक्ष बाहिर धर्ना दिएका छन्। शुक्रबार सिंहदरबारस्थित सभामुख कक्षबाहिर खगराज अधिकारी, महेश बस्नेत सहितका केही सांसदले धर्ना दिएका हुन्।

यद्यपि आज सभामुख अग्नि सापकोटा भने नआउने भएका छन्। एमालेका सुवास नेम्वाङ र सभामुख अग्नि सापकोटाबीच कुराकानी भएको सांसद महेश बस्नेतले जानकारी दिए। नेम्वाङसँगको कुराकानीमा सभामुखले ​आफूले जतिसक्दो चाँडो उक्त कुरा टुंग्याउने बताएको सांसद महेश बस्नेतले जानकारी दिए। ‘यो कुरामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। तर आज म आउँदिनँ। जतिसक्दो चाँडो उक्त कुरा टुंग्याउँछु’, सभामुखको भनाइ उद्धृत गर्दै बस्नेतले भने।

यसअघि गत भदौ १ गते पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारबाही गरेको थियो।

Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर