काठमाडौं,
पाटनको देवदत्त बिहारबाट चोरिएको ४ सय वर्ष पूरानो बुद्धमूर्ति पत्ता लगाइ फिर्ता ल्याउने प्रहरी सम्मानित भएका छन् । बिहारले बुधबार एक कार्यक्रम गरी महानगरीय प्रहरी परिसर ललिपुरका १० जना प्रहरीलाई सम्मान गरेको हो ।
गएको साउन १० गते बिहारमा रहेको हिरामोती रत्न र पन्ना जडित पुरातात्वि महत्वको मूर्तिसहित २४ थरिका गहना चोरी भएको थियो । मूर्ति तथा गरगहना चोर्नेलाई ललितपुर प्रहरीले भदौ ५ गते पक्राउ गरी मूर्तिसहित गरगहना फिर्ता गराएको थियो ।
चोरीको आरोपमा समातिएका चार जना पुपक्र्षका लागि नख्खु कारागारमा थुनामा छन् भने एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ । मूर्ति र गरगहना फिर्ता ल्याउन सफल भएको भन्दै ललितपुर प्रहरी परिसरका प्रमुख तथा एसएसपी पिताम्बर अधिकारी, डिएसपी ईश्वर कार्की, महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रेशम बोहरा, अपराध शाखा ललितपुरका सई अजय खनाल, कृष्ण गैरे, रेशम आचार्य, असई सन्दिप ज्योति, मीनबहादुर परियार, हवल्दार नवराज भण्डारी र जवान पान्डुपराज थपालियालाई सम्मान गरेको थियो ।