चारपाने, कात्तिक २५ । झापा विर्तामोड २,चारपाने स्थित वीरअमरसिंह माध्यमिक विद्यालयमा गत बर्षदेखी वितरण गरिदै आएको राधिका मनोहर स्मृति छात्रवृद्धी वितरण गरिएको छ ।
पिद्यालयका व्यवस्थापन समिति अध्यक्ष महावीर राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा छात्रवृद्धी कोषका संरक्षक तथा एक्सर्पट एजुकेशन भिषा सर्भिसका निर्देशक खेम संग्रौलाको प्रखुख आतिथ्य रहेको थियो ।
यस बर्ष उत्कृष्ट विध्यार्थी कक्षा १० वाट नविना माझी, सञ्जित दास र कक्षा ११ वाट लिला मिश्र र जगिना माझीले जनही १२ हजारका दरले छात्र वृद्धि प्राप्त गरेका छन ।
कार्यक्रममा लक्ष्मीप्रसाद आचार्य, समिना बजगाई, ज्योतिसिंह दर्लामी, अरुण श्रेष्ठ, उपेन्द्र पराजुली, कम्पन राई, हिमा खड्का, ओमप्रकास विष्ट, गंगाप्रसाद शिलवाल, चन्द्रप्रसाद बजगाई,पार्वता गिरी, डिल्ली सिटौला, भाष्कर लुईटेल, पं देवप्रसाद भट्टराई लगायतको आतिथ्य रहेको थियो ।
स्वागत मन्तव्य विद्यालयका प्राचार्य यदुनाथ अधिकारीले गरेका थिए भने कार्यक्रम संचालन शिक्षक हेमराज ओलीले गरेका थिए ।
छात्रवृद्धी वितरण कार्यक्रममा विद्यार्थीहरुको प्रतियोगितात्मक प्रतिभाहरु प्रस्तुत भएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 166