पाल्पा,
चिच्याएर वर माग्ने तीन दिने मेला शनिबारबाट पाल्पामा सुरु भएको छ । कोलडाँडा गाविसमा रहेको सत्यवती ताल र मन्दिरमा शनिबारदेखि मेला लागेको हो ।
वर माग्ने र मन्दिरको दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुईंचो लागेको सत्यवती मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सुनविर गाहाले जानकारी दिनु भयो ।
सामान्यतया मन्दिरमा मनमनै वर माग्ने चलन भएपनि सत्यवती मन्दिरमा भने तीन फन्को घुमेर चिच्याएर वर माग्ने चलन छ । सत्यवती देवीले कानले सुन्न नसक्ने भएकाले चिच्याएर वर माग्ने जनविश्वास रहेको अध्यक्ष गाहाको भनाई छ ।
मेलामा छिमेकी रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाची, गुल्मी, स्याङ्जा, पर्वतलगायतका जिल्लाबाट भतmजन आउने गर्दछन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 113