Aamsanchar

सेती नदीमा नुहाउने क्रममा एक युवक बगेर बेपत्ता

Author Image
शनिवार, भदौ २६, २०७८

डाेटी – सेती नदीमा नुहाउने क्रममा एक जना युवक बगेर बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन भुत्याल हिजाे दिउँसाेदेखि नदीमा बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनु भयाे ।

हिजैदेखि इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको नौ जना प्रहरीको टोलीले उहाँको खोजी कार्य गरिरहेको छ । नदीकाे पानी धमिलो भएका कारण खोजी गर्न समस्या भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर