Aamsanchar

प्रकोपमा परेको विद्यालयमा विद्यार्थी परिषदद्वारा सहयोग

Author Image
शनिवार, असोज २, २०७८

काठमाण्डौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मस्र्याङ्दी नदीले वगाएको मनाङ जिल्लाको भानु माध्यमिक विद्यालयमा विभिन्न सामग्री सहयोग गरेको छ । परिषद्ले नियमित पठनपाठन सुचारू होस् भन्ने उद्देश्यले टेन्ट, त्रिपाल, म्याट, औषधी लगायतका सामाग्री शनिबार हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमका बिच वेँशीसहर लमजुङमा भानु मध्यामिक विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई सामग्री हस्तान्तरण गरिएको परिषद्ले जनाएको छ ।

गत असारमा आएको बाढीका कारण मनाङ जिल्लामा करोडौंको क्षति भएको थियोे । त्यसमा भानु मा विमाध्यमिक विद्यालय पनि परेको थियो । बाढीले विद्यालयमा क्षति पु¥याएपछि नियमित पठापाठन रोकिएको थियो ।

उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद् नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)