बाह्रदशी । बिग्रेको बाटोहरु मर्मत नगरेको भन्दै यथाशिघ्र बाटो मर्मत गरिदिन माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बाह्रदशी गाउँपालिकाको कार्यालयको मुल गेटमा ताला लगाएर बिरोध जनाएको छ ।
पालिकाको सबैक्षेत्रका ग्राभेल बाटोहरु बिग्रेर सवारी आवगमन हुन नसक्ने अवस्था भएपछि बाटो मर्मतकोलागि गाउँपालिकाका वडाअध्यक्षहरु र पालिका अध्यक्षलाई ध्यानआर्कषण पत्र लेखेर यथाशिघ्र बाटो बनाउ माग राखेकोमा आफूहरुको आग्रहलाई वेवास्था गरेर बाटो बनाउन गाउँपालिकाले चासो नदिएको भन्दै राप्रपा बाह्दशीका नेता तथा कार्यकर्ताहरले गाउँपालिकोको मुल गेटमा ताला लगाएका थिए ।
आज विहान १० बजे पार्टीका स्थानिय नेता तथा कार्यकर्ताहरुले ताला लगाईदिए पछि कर्मचारी जनप्रतिनिधीहरु कार्यलय प्रवेश गर्न नपाएर चोक बजारमा बस्न बाध्य बनेका थिए । नियमित काममा खटिने कर्मचारी र सेवाग्राहीहरु पालिका प्रवेश गर्न नपाएपछि स्थानिय प्रहरीले ताला खोलिदिन आग्रह गरेका थिए । तर राप्रपाका कार्यकर्ताहरुले पालिका अध्यक्ष खड्गप्रसाद राजवंशी उपस्थित नभए सम्म कुनै विषयमा कुरा नगर्ने अडान राखेपछि १० बजेर ५७ मिनेट जादा गाउँपालिका अध्यक्ष राजवंशी आएर आन्दोलित समूह समक्ष छलफलद्वारा समस्याको समाधान गरौं त्यसका लागि सबै वडाका अध्यक्ष र राप्रपा प्रतिनिधी सहित ओसोज ५ गते बिहान ११ बजे छलफल गर्ने वातवरण बनाउने अध्यक्ष राजवंशीले प्रतिवद्धता जनाएपछि राप्रपाका नेताहरुले गेटमा लगाएको ताला खोलिदिएका थिए ।
पालिकाका सबै वडा कार्यालयहरुमा शाखा बाटोहरु बिग्रेर एम्बुलेन्स, स्कुल बसहरु गाउँमा आउन नसक्ने भएपछि बाटो बनाई दिन पालिकाका ७ वटा वटा कार्यालयहरुमा बाटो मर्मत गर्नको लागि ध्यानआर्कषण पत्र राप्रपाले बुझाएको थियो । भदौं २८ गते गाउँपालिका अध्यक्ष खड्ग राजवंशीलाई पनि ध्यानआर्कषण पत्र बुझाउदै बाटो बनाउन तर्फ पालिकोको ध्यान तत्काल जावोस, बाटो बनाउने काम नगरे असोज ३ गते पालिका र वडाका कार्यालयहरुमा तलाबन्दी गर्ने जानकारी राप्रपाले दिएको थियो । तर पनि पालिका अध्यक्षले हाम्रो कुरा सुनुवाई नगरेकोले बाध्य भएर पूर्व निर्धारित कार्यक्रम अनुसार ३ गते सार्वजनिक विदा भएकोले आज ताला लगाईएको राप्रपा बाह्रदशीका अध्यक्ष पूर्ण बहादुर कटुवालले आमसंचारलाई बताए ।
भोली हुने वार्ताको लागि राप्रपाले ११ जनाको वार्ता समिति गठन गरेको छ । गठित समितिमा राप्रपा अध्यक्ष वार्ता टोलीका संयोजक पूर्णबहादुर कटुवाल, सदस्यहरुमा रामकुमारसिंह राजवंशी, जीवन पनेरु, खगेन्द्र पाण्डे, वीरबहादुर राजवंशी, बालकृष्ण संग्रौला, दिलकुमार मादेन, सीतादेवी ढकाल, योगेश पौडेल, डम्बर श्रेष्ठ र पंकज आचार्य रहेका छन् ।
कार्यलय प्रवेश गर्न नपाएपछि बजारको एक पेटीमा बसेका कर्मचारीहरु ।
उस्तै बजेटमा झापा, हल्दिबारी, कचनकवलमा धेरै विकास भएको तर बाह्रदशीमा भने विकासको काम नभएको भन्दै राप्रपाका स्थानिय नेताहरुले गाउँपालिकाका जनप्रतिनिधीहरुको काम प्रति आलोचना गरेका थिए । राप्रपा नेताहरुले आफ्नो पार्टीको संघिय सांसद राजेन्द्र लिङदेनले ल्याएको योजना कार्यक्रमहरुको कार्यानयन गर्न तर्फ पालिकाले ध्यान नदिएको, स्थानिय सरकारको तर्फवाट हुनुपर्ने काममा बाह्रदशीका नागरिकहरुले विकासको अनुभूती गर्न नपाएको आरोप लगाउदै ‘गाउँ पालिकाले एक प्रति योजना पुस्तक (रातो किताव) राप्रपालाई दिनु पर्ने, कितावको आधारमा राप्रपाले विकास र कामको अनुगमन र खबरदारी गर्ने छ, फरक राजनीति आस्थाको आधारमा विकासको काम रोकेर जनतामा अन्यान नगर्न’ भन्दै पालिका अध्यक्ष राजवंशी प्रति असुन्तुष्ट व्यक्त गरेका थिए ।
ताला खोलिए पछिको दृष्य ।
भिडियो पनि हेर्नुहोस् ।