Aamsanchar

काँग्रेस अधिवेशन : अर्जुनधारा नगर सभापतिमा हेमराज विजयी

Author Image
आइतवार, असोज १०, २०७८

अर्जुनधारा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि नगरस्तरिय अधिवेशन अनतरगत अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा सभापति पदमा हेमराज खरेल विजयी भएका छन् । उनी २७ मतअन्तरले विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी भिष्म मिश्रलाई पराजित गर्दै खरेल दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । अन्य पदाधिकारी र सदस्यको छिनोफानो आन्तरिक सहमतिमा भए पनि अर्जुनधारा नगर सभापति पदका लागि २ जनाले उम्मेद्वारी दिएका थिए ।

अर्जुनधारामा २४८ मतमध्ये २४० खसेको थियो । खरेलले १३१ र मिश्रले १०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ५ मत बदर भएको पार्टीका नगर सहसचिव सञ्जीव पौडेलले जानकारी दिए । यसअघि नगर उपसभापतिद्वयमा भेषराज भण्डारी प्रशान्त र चतुरभुज काफ्ले सचिवद्वयमा इन्दिवर खड्का र मेदनी गुरागाईं तथा सहसचिवद्वयमा सञ्जीव पौडेल इशान र निरज ढकाल निर्विरोध भइसकेका थिए ।

यसअघि भिष्म मिश्र साविक शनिश्चरे गाविसका पार्टी सभापति थिए भने हेमराज खरेल साविक शनिअर्जुन नगरपालिकाका लागि सभापति तथा अर्जुनधारा नगरपालिकाका लागि पार्टी संयोजक हुन् । कोषाध्यक्ष पदमा भने नगर समितिको पहिलो बैठकले मनोनित गर्ने पार्टीको प्रावधान रहेको जनाइएको छ । यस्तै, ५७ जना नगर सदस्य पनि सर्वसम्मत भएका थिए ।

Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर