झापा,
झापाको बिर्तामोड २ चारपाने स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
नेतृत्वका लागि उम्मेदवारहरु अलग अलग प्यानल बनाई मैदानमा उत्रिएका छन् । चार वटा मतदान केन्द्रमा बिहान ८ बजे देखि बेलुकी ४ बजे सम्म मतदान गरिएको थियो । ४ हजार ९ सय १३ कुल मतदाता मध्ये ३ हजार ७ सय ४३ अर्थात ७६ प्रतिशत मत खसेको थियो ।
चारपाने मतदानकेन्द्रमा १ हजार ७ सय ११, सुरुङगा केन्द्रमा १ हजार १ सय १, बिर्तामोड केन्द्रमा ४ सय ८९ र लक्ष्मिपुरकेन्द्रमा ४ सय ४२ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतगणना राती १० बजे बाट शुरु हुने निर्बाचन समितिले जनाएको छ ।
२५ पदका लागि भएको निर्वाचनमा ७ पदमा निर्बिरोध निर्वाचित भएका छन् । बाँकी चार महिला र १० खुल्ला संचालक समिति सदस्यसहित १८ पदका लागि आज मतदान भएको हो । अध्यक्ष पदमा छबिलाल खतिवडा र ताराप्रकास सन्जेल चुनाबी मैदानमा छन् ।