Aamsanchar

निर्देशक केरुङले करोड ठगेको आरोप

Author Image
आइतवार, मंसिर ५, २०७३

FLim

बिर्तामोड । केरुङ फिल्मस प्रालिका निर्देशक विजय केरुङले चलचित्रमा लगानी गर्न लगाएर झापाका एक युवालाई ठगी गरेको आरोप लागेको छ । उनलाई बिर्तामोड–७ निवासी दीपक संग्रौलालाई चलचित्रमा लगानी गर्न लगाई ठगी गरेको आरोप लागेको हो ।
केरुङ फिल्मस् प्रालिद्वारा निर्मित चलचित्र ‘हामी शरणार्थी’– का लागि लगानी गर्न लगाएर आफूलाई ठगी गरेको शनिवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी संग्रौलाले बताए । २०७२ साल पुस महिनामा उक्त चलचित्रका निर्देशक मेचीनगर नगरपालिका –६ निवासी विजय केरुङ, अर्का मेनपा–१ बस्ने पूर्व प्रहरी कृष्णप्रसाद पोखरेल र मोरङ बबिया बिर्ता निवासी पूर्व प्रहरी नायव निरीक्षक अर्जुन पोखरेलले चलचित्रमा लगानी गरौं तपाईलाई तीनगुणा फाइदा हुन्छ भन्दै आफूलाई निर्माता बनाई दिन्छु भनी एक करोड ११ लाख रुपैयाँ लगानी गर्न लगाएर ठगेको संग्रौलाले बताए ।
पत्रकार सम्मेलनमा चलचित्र निर्माण भइसकेपछि सुटिङ अवधिभर देख्दै नदेखिएका व्यक्तिहरु प्रकाश शिवाकोटी र प्रकाश भण्डारीलाई निर्माता बनाई उक्त चलचित्र युवट्युवमा टेलरका लागि हालेपछि मात्र आफूलाई थाहा भयो उनले भने– तर मेरो नाम नै रहेनछ ।
आफू ठगिएको थाहा पाएर सम्बन्धित मन्त्रालय, चलचित्र विकास बोर्डमा र जिल्ला प्रशासन कार्यालय झापामा समेत पटक–पटक उजुरी दिइसकेको पीडित संग्रौलाले बताए ।
आफूलाई लगानी गरे वापत ४० प्रतिशत मुनाफा दिने, कृष्णप्रसाद पोखरेलले लगानी गरेको २५ लाख ३ सयबाट २३ प्रतिशत मुनाफा दिने, अर्जुनकुमार पोखरेलले गरेको २२ लाखको २० प्रतिशत मुनाफा दिने र निर्देशक विजय केरुङलाई काम गरेवापत शेयरको रुपमा छुट्याईको १८ लाखबाट १७ प्रतिशत मुनाफा खाने भनी सहमति भएको उनले बताए ।
यता चलचित्र विकास बोर्डमा न्यायका लागि पुगेका पीडित संग्रौलालाई राज्यको सुविधा र तलव भत्ता खाएर बसेका डाइरेक्टर राजकुमार राईले आलटाल गरी पठाएको र तपाईहरु मिलेर आउनुहोस् बसौं र कुरा गरौं भनी झुठो आश्वासन दिने गरेको पीडितले बताए ।
पीडित संग्रौलाले भने– ‘मैल जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएको थिएँ, तर प्रशासन पटक–पटक वारेन्ट पठायो उनीहरुले आएनन् ।’
पीडित संग्रौलाले पत्रकारहरुसँग भने– ‘म अहिले ठूलो पीडामा परेको छु, मैले कतै जाँदा पनि न्याय पाइन, म आफ्नै व्यवसाय गरेर बसेको मान्छेलाई यिनीहरुले फसाएर मैरो सम्पूर्ण सम्पत्ति बेचविखच गरें, भएको आफू बस्दै आएको घरमा पनि बैंकमा धितो बन्धक राखी लगानी गरेको थिएँ सबै डुव्यो, म अहिले रोडमा आउने अवस्थामा पुगेको छु ।’
यता केही दिनअघि कृष्णप्रसाद पोखरेलले संग्रौलालाई एउटा हस्तलिखित पत्र पठाएका छन् । त्यसमा भएिको छ– ‘दीपकजी तपाईंले लगानी गरेको रकममा केही थप गरी हामी किस्ताकिस्ता गरेर पाँच महिनाभित्रमा चुक्ता गर्नेछौं, तपाईंले सोचेर निर्णय पठाउनु होला । तर, म तपार्इंसँग भेट गर्न चाहन्न ।’
उक्त चलचित्रमा जम्मा लगानी एक करोड ५८ लाख भएको जानकारी दिँदै चलचित्रको छायाङ्कन झापा, पश्चिम बंगाल र सिक्किममा भएको र सोही चलचित्र नायक जीवन भट्टराई र नायिक शिल्पा पोखरेल रहेका छन् । विवादका कारण चलचित्र प्रदर्शनमा समस्या आएको बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर