काठमाडौं,
एनआरएन एनसिसी कुवेतले झापाका बाढिपीडितलाई आर्थिक सहयोग गरेको छ । दमक नगरपालिकाको वडा नम्बर ३, ७ र १७ का २६ परिवारलाई एनसिसी कुवेतले दुई लाख एक हजार नौ सय सोह्र रुपैयाँ सहयोग गरेको हो ।
गत वर्षायाममा रतुवा र मौवा खोलामा आएको बाढिले बस्ती डुवान र खेती कटान गरेका पीडित परिवारलाई दमक नगरपालिका, स्थानीय समाजसेवी, राजनीतिक दलका नेताहरूको सहयोगमा स्थलगत निरीक्षण गरी गएको शनिबार राहत वितरण गरिएको हो ।
दमक नगरपालिकाका निमित्त कार्यकारी प्रमुख महेन्द्र बस्नेत, नेकपा एमाले नगर अध्यक्ष बोधराज घिमिरे, कांग्रेस नगर सभापति रोशन बिष्ट, माओवादी केन्द्र झापाका अध्यक्ष विजय साम्पाङलगायतको उपस्थितीमा राहत वितरण गरिएको थियो ।
एनआरएनए कुवेतले आफ्नै कोषबाट एक लाख एघार हजÞार रुपैयाँ सहयोग गरेको थियो । अरु रकम कुवेतमा क्रियाशील संघसंस्था र सहयोगीबाट संकलन गरिएको महासचिव अमित चाम्लिङले जानकारी दिनुभयो ।
संकलित रकममध्ये चार लाख बिस हजार रुपैयाँ प्यूठानका बाढीपीडितलाई वितरण गरिएको छ ।