रमपम झापा–११ लाई टाइबे्रकरमा हराउँदै सशस्त्र प्रहरीको एपीएफ सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार उसले झापालाई ५–४ गोल अन्तरले टाइब्रेकरमा पाखा लगाएको हो ।
एपीएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र पासाङ लामाले गोल गरे । देवेन्द्र तामाङ टाइबेकरमा चुक्दा झापाले हार व्यहोर्नु प¥यो । झापाका लागि योगेश गुरुङ, रवी थापा मगर, दिलेन लोक्तान र रञ्जित श्रेष्ठले गोल गरेका थिए ।
कनकाई माविको खेल मैदानमा भएको प्रतियोगिता निक्कै प्रतिष्पर्धात्मक बनेको थियो । खेलअवधि भर दुवैतर्फबाट गोल नभएपछि ३ मिनेट समय थप भयो । थपिएको समयमा समेत गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइबे्रकरबाट लिइएको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपीएफका रञ्जन विष्ट म्यान अफ द म्याच घोषित भए । मंगलबार मनाङ मस्र्याङ्दी क्लब र सिएसजी संकटा क्लबबीच प्रतिष्पर्धा हुने आयोजक संस्था सुरुंगा जेसीजले जनाएको छ ।
प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछन् ।
फोटो : विनोद पाण्डे/आमसंचार