Aamsanchar

नाडा केन्द्रिय अध्यक्ष पदमा करण चौधरीको उम्मेद्वारी

Author Image
आइतवार, कार्तिक ७, २०७८

आफ्नो योजना र प्रतिवद्धता राख्दै अध्यक्ष पदका उम्मेद्वार करण चौधरी । फोटो : विनोद पाण्डे/आमसंचार

झापा । अटो मोवाइल्स एशोसिएसन अफ नेपाल(नाडा) को अध्यक्ष पदका उम्मेद्वार करण चौधरीले झापाबाट उम्मेद्वारी घोषणा गरेका छन् ।

आगामी मंसीर २२ गते हुने ४५ औं अधिवेशनका लागि चौधरीले झापाको बिर्तामोडबाट उम्मेद्वारी घोषणा गरेका हुन् । मेची अटो मोवाइ डिलर्स एशोसिएशनले आयोजना गरेको कार्यक्रमकाबीच चौधरी नेतृत्वको समूहले सामुहिक उम्मेद्वारी घोषणा गरेको थियो ।

चौधरीको नेतृत्वमा सदस्य पदका लागि राजनवावु श्रेष्ठ, अभिक ज्योति, सुरेन्द्र कुमार उप्रेती, अनुप बराल, विक्रम सिघांनिया, पंकज अग्रवाल, निलमणि पाठक, गंगाराज भट्टराई, प्रकाश कपुरीले उम्मेद्वारी घोषणा गरेका हुन् ।

उम्मेद्वारी घोषणा समारोहमा बोल्दै नाडाका केन्द्रीय अध्यक्ष कृष्ण दुलालले नाडालाई आफ्नो पहलमा देशव्यापी रुपमा विस्तार गरेको बताएका छन् । उनले अटो मोवाइल व्यवसायीहरुको हितका लागि नाडाले काम गर्दै आएको र सरकारलाई कुल राजश्वको २५ प्रतिशत योगदान आफूहरुको रहेको बताएका थिए ।

नेपालमा ४० हजार सवारी साधन रहेको र त्यसमा ८० प्रतिशत दुई पाङ्ग्रे सवारी रहेको बताउँदै नेपालमा अझैंपनि थोरै मानिसले मातै चार पाङ्ग्रे सवारी साधान उपयोग गर्दै आएको धारणा राखे । अध्यक्ष दुलालले बर्षाै पुराना सडकका कारण नेपालमा धेरै सवारी देखिएको तर, सबैको पहुँचमा अझैंपनि सवारी साधन पुग्न नसकेको धारणा राखे ।

अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार चौधरीले आफ्नो नेतृत्वमा उम्मेद्वारीको नामावली सार्वजनिक गर्दै देशभरका समग्र अटो मोवाइल क्षेत्रका सबै व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

मेची अटो मोवाइ डिलर्स एशोसिएशनका संरक्षक बिनोद वस्नेतको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा नाडाका उपाध्यक्ष सुवाश भट्टराई, कोषाध्यक्ष सुरेश कुमार उप्रेती, सदस्य प्रकाश कपुरी, राजनवावु श्रेष्ठले धारणा राखेका थिए । कार्यक्रममा स्वागत प्रकाश शिवाकोटीले गरेका थिए भने सञ्चालन मनीसा चौलागाईले गरेकी थिईन ।

भिडियो पनि हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१