Aamsanchar

विद्यालयमा ११ र १२ को पढाइ सञ्चालन गर्न आवश्यक तयारी थाल्नुहोस् एकेडेमी

Author Image
मङ्गलवार, मंसिर ७, २०७३

काठमाडौंः हेम–सरिता पाठक एकेडेमीका संरक्षक हेम पाठकले राजधानीको शंखरापुर नगरपालिका १२ घुमारचोकमा रहेको उग्रतारा माद्यमिक विद्यालयलाई उच्च मावि बनाउने घोषणा गरेका छन् ।

स्कुलमै आयोजिक एक कार्यक्रममा स्कुल व्यवस्थापन समितिले सरकारले स्कुल शिक्षा १२ सम्म पुर्याएको जानकारी गराएपछि पाठकले स्कुललाई उच्च मावि बनाउने घोषणा गरेका हुन् ।

राजधानी नजिकै रहेको तर पिछडिएको तामाङ गाउँमा अवस्थित उग्रतारा स्कुलमा विगत चार वर्षदेखि एकेडेमीले सहयोग गर्दै आएको छ ।

प्राथमिक विद्यालय रहेको उक्त स्कुलमा एकेडेमीकै पहलमा मावि सम्मका कक्षा सञ्चालन भइराखेका छन् ।

उग्रतारा स्कुलमा एकेडेमीको तर्फबाट विगत चार वर्षदेखि ६ जना शिक्षक कार्यरत छन् । भवन निर्माण र शिक्षक गरेर यस अघि नै एक करोड सात लाख लगानी गरिसकेको एकेडेमीले आवश्यक पर्दा १२ कक्षा सम्मको पढाइ सञ्चालन गर्ने घोषणा पाठकले गरेका हुन् ।

कार्यक्रममा पाठकले भने, ‘यो IMG_7441 IMG_7421 IMG_7507

त्यसका लागि आवश्यक रकम जुटाउँन तयार छ ।’

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले एकेडेमीका कामको प्रशंसा गरे । ‘धन भएर मात्र हुँदैन, धन भन्दा ठूलो मन हो’, गजुरेलले भने, ‘हेम दाइको कामले यो राजधानी नजिकैको विकट गाउँले अगाडि बढ्ने मौका पाएको छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हितमान तामाङले एकेडेमीको सहयोग प्राप्त भएपछि विद्यालयको पढाइ सुधार भएको बताए। ‘एकेडेमीको साथ पाएपछि स्कुलमा थुप्रै परिवर्तन आएका छन्’, उनले भने, ‘हामी एसएलसीमा समेत अब्बल सावित भएका छौँ ।’

पाठकले एकेडेमीले सहयोग गरेको स्कुलले गरेको प्रगतिप्रति खुशी व्यक्त गरे । ‘मलाई केही फाइदा लिनु छैन् मेरो चाहना भनेको स्कुलले प्रगति गरोस् भन्ने मात्र हो,’ पाठकले भने ।

भ्रष्टाचार विरोधी अभियानमा विभिन्न कार्यक्रम गर्दै आएको एकेडेमीले सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएको छ । एकेडेमीकै पहलमा बाजुराको विकट गाउँका तीन अनाथ बालकलाई उग्रतारा स्कुलमा खानेबस्नेसँगै पढाइको सम्पूर्ण व्यवस्था मिलाएको छ ।

त्यस्तै, उग्रतारा स्कुल बाहेक एकेडेमीले झापाको कञ्चनजंगा अंग्रेजी स्कुलमा पारिवारको आर्थिक अवस्था कमजोर भएका १२ जना बालबालिकालाई पढ्ने व्यवस्था गरेको छ । १२ जना बालबालिका अहिले कक्षा सातदेखि ११ सम्ममा अध्ययनरत छन् ।

 

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर