Aamsanchar

पर्यटन प्रर्वद्धन गर्न विश्व साइकल यात्रामा मैनाली

Author Image
बुधवार, मंसिर ८, २०७३

(नरेन्द्र ढकाल)
झापा ।14440985_1202300289807777_8606064314912225372_n

रगत अभावमा धेरै नेपालीले ज्यान गुमाउनु परेको तथा भुकम्प पछि नेपालको पर्यटन सुस्ताएको तथा धेरैलाई बुद्ध नेपालमा जन्मेका हुन भन्ने थाहा नभएको भन्दै उक्त कुराको जागरण गर्ने उद्धेश्यले झापाका एक ब्यक्तिले विश्व साइकल यात्रा मार्फत जागरण अभियान सुरु गरेका छन् ।

झापाको कनकाई नगरपालिका –६ का युवराज मैनालीले गत वर्ष २०७२ वैशाख १२ गतेको भुकम्प पछि नेपालको पर्यटन तथा उक्त समयमा घाइतेको उपचारमा रगत अभाव भएको कुरालाई दृष्टगत गर्दै साइकल यात्रा गर्ने निधो गरेर त्यसको एक महिना पछि नै उनले साइकल मार्फत नै विश्व यात्रामा निस्कने अठोट गरेका हुन् । नेपालका सबै जिल्लामा पुरेर उनले रक्तदान नै जीवनदान हो भन्ने सन्देश पु¥याउन सफल भइसकेका छन् ।

पश्चिम नेपालका पहाडी जिल्लाहरुमा भौगोलिक विकटताका कारण धेरै सुत्केरी महिलाहरुले रगत अभावमा ज्यान गुमाउनु परेको तथा भूकम्पपछिको अवस्थामा अस्पतालहरुमा रगत अभाव भएको कुराले आफुलाई पिरोलेकाले आफुले नेपालमा कसैले पनि रगत अभावका कारण ज्यान गुमाउनु नपरोस भन्ने सन्देश पु¥याउन नेपालका ७५ वटै जिल्लामा रक्तदान नै जीवन दान हो भन्ने नारालाई प्रथामिकता दिएर साइकल यात्रा गरेको मैनालीले बताए ।
मैनालीले हाल सम्म भारत, श्रीलङ्का, बर्मा, थाइल्याण्ड, मलेसिया र सिङ्गापुरको भ्रमण गरिसकेका छन् । उनले विदेशमा भने नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले भिजिट नेपाल सपोट नेपाल नारा बोकेर विदेश भ्रमण गरेको साथै उक्त अवस्थामा बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश पनि पु¥याएको जानकारी दिए ।

श्रीलङ्कामा अधिकांश बौद्ध धर्मावलम्बीहरु रहेकाले बुद्धको देश नेपालमा भ्रमणको निम्तो दिदाँ उनीहरुले एक पटक अवश्य घुम्न आउने बचन दिएको मैनालीले बताए । भूकम्पपछि पर्यटकमा नेपाल घुम्नलाई असुरक्षित छ भन्ने भावना पलाएकाले उक्त दुविधालाई मेटाउन आफु सफल भएको मैनालीले दाबी गरे ।
सानै उमेर देखि साइकलमा यात्रा गर्न सोखिन मैनालीले ३१ वर्षको उमेरमा साकइल मार्फत विश्व भ्रमणमा निस्किएको जानकारी दिए । साइकलको प्रयोग गरेर यात्रा गर्ने हो भने इन्धन खपत कम हुनका साथै नेपालको पर्यावरणीय क्षेत्रलाई सुन्दर बनाउन सकिने मैनालीको धारणा छ ।

विश्व साइकल यात्रामा निस्किएका मैनालीले आफुले आर्थिक अभावमा अहिले युरोपियन देशहरुको भ्रमण जान समस्या भएको भन्दै सहयोग गरिदिन आग्रह गरेका छन् । पर्यटन प्रर्वद्धन गर्न जाने भएकाले आफुको साइकल यात्रालाई पर्यटन बोर्ड तथा नेपाल सरकारले सहयोग गर्नुपर्ने धारणा ब्यक्त गरे ।
अहिले सम्म आफुले जग्गा बिक्रि गरे तथा विभिन्न संघ संस्थाको सहयोगमा साकइकल यात्रा गरेको मैनालीले जानकारी दिए । आमा धर्मादेवी मैनालीको प्रेरणामा आफुले सामाजमा सकारात्मक सन्देश दिनुपर्छ भन्ने भावनाको जागृत भएको युवराजको भनाई छ ।

उनले सिटामोल नपाएर धेरै नेपालीको मृत्यु हुनु दुख्त भएको भन्दै स्वास्थ्य सम्बन्धि जागरण तथा जनचेतना फैल्याउन आफुले रक्तदान नै जीवन दाना भन्न्े नारा बोकेर नेपालका सबै जिल्लाको भ्रमण गरेको बताए । मैनालीले आफ्नो साइकल यात्रालाई सहयोग गर्न सबैसंग आग्रह गरेका छन् ।

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर