Aamsanchar

न्युटन्स् एजुकेशन एकेडेमी उत्कृष्ट करदाता

Author Image
बुधवार, मंसिर ८, २०७३

बिर्तामोड ।newton
विर्तामोडस्थित न्यूटन्स् एजुकेशन एकेडेमी उच्च मा.वि.लाई मेची अञ्चलको सबैभन्दा बढी शिक्षा सेवा शुल्क (कर) दाखिला गर्ने संस्थाको रुपमा सम्मान गरिएको छ ।
पाचौं राष्ट्रिय कर दिवश तथा कर सप्ताह २०७३ समापनको अवसरमा शिक्षा सेवा तर्पm सबैभन्दा बढी कर बुझाउने न्यूटन्स् एजुकेशन एकेडेमीलाई कदर स्वरुप उक्त सम्मान प्रदान गरिएको थियो ।
विद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईलाई समारोहका प्रमुख अतिथि जिल्ला न्यायधीश सुदर्शनराज पाण्डे र आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाका प्रमुख कर अधिकृत श्री निर्मल ढकालले आयोजित समारोहमा दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरेका थिए ।
न्यूटन्स आर्थिक वर्ष २०७२÷०७३ को मेची अञ्चलको सबैभन्दा बढी शिक्षा सेवा शुल्क (कर) दाखिला गर्ने विद्यालय घोषित भएको हो ।  न्यूटन्स् एजुकेशन एकेडेमी उच्च मा.वि. २०६० सालमा विर्तामोड नगरपालिका–६, जात्रुवाडीमा स्थापना भई कक्षा नर्सरीदेखि कक्षा १२ (विज्ञान र व्यवस्थापन संकाय) सम्म हाल लगभग १५०० विद्यार्थीहरुलाई समयसापेक्ष आधुनिक प्रविधियुक्त उत्कृष्ट शिक्षा प्रदान गर्दे आइरहेको छ ।
संस्थामा हाल १०७ जना शिक्षक कर्मचारीहरु आवद्ध रही प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरी सेवा दिइरहेका छन् ।
शैक्षिक क्रियाकलापका साथसाथै अतिरिक्त क्रियाकलाप अन्र्तगत खेलकुद विद्यालाई व्यवस्थित र नियमित गर्ने उद्देश्य लिई अब्बल व्यवस्थापनका साथ शैक्षिक वातावरणमा विर्तामोड नगरपालिका ५, बुट्टावारीमा २ विघा घेरावार सहितको जमिनको प्रयोग गरी सुरक्षित वातावरणमा आधारभूत तहको शिक्षालाई निकट भविष्यमै संचालन गर्ने भावी कार्यक्रम रहेको जनाइएको छ ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर