Aamsanchar

न्युटन्स् एजुकेशन एकेडेमी उत्कृष्ट करदाता

Author Image
बुधवार, मंसिर ८, २०७३

new t s
बिर्तामोड ।
विर्तामोडस्थित न्यूटन्स् एजुकेशन एकेडेमी उच्च मा.वि.लाई मेची अञ्चलको सबैभन्दा बढी शिक्षा सेवा शुल्क (कर) दाखिला गर्ने संस्थाको रुपमा सम्मान गरिएको छ ।
पाचौं राष्ट्रिय कर दिवश तथा कर सप्ताह २०७३ समापनको अवसरमा शिक्षा सेवा तर्पm सबैभन्दा बढी कर बुझाउने न्यूटन्स् एजुकेशन एकेडेमीलाई कदर स्वरुप उक्त सम्मान प्रदान गरिएको थियो ।
विद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईलाई समारोहका प्रमुख अतिथि जिल्ला न्यायधीश सुदर्शनराज पाण्डे र आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाका प्रमुख कर अधिकृत श्री निर्मल ढकालले आयोजित समारोहमा दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरेका थिए ।
न्यूटन्स आर्थिक वर्ष २०७२÷०७३ को मेची अञ्चलको सबैभन्दा बढी शिक्षा सेवा शुल्क (कर) दाखिला गर्ने विद्यालय घोषित भएको हो ।
न्यूटन्स् एजुकेशन एकेडेमी उच्च मा.वि. २०६० सालमा विर्तामोड नगरपालिका–६, जात्रुवाडीमा स्थापना भई कक्षा नर्सरीदेखि कक्षा १२ (विज्ञान र व्यवस्थापन संकाय) सम्म हाल लगभग १५०० विद्यार्थीहरुलाई समयसापेक्ष आधुनिक प्रविधियुक्त उत्कृष्ट शिक्षा प्रदान गर्दे आइरहेको छ ।
संस्थामा हाल १०७ जना शिक्षक कर्मचारीहरु आवद्ध रही प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरी सेवा दिइरहेका छन् ।
शैक्षिक क्रियाकलापका साथसाथै अतिरिक्त क्रियाकलाप अन्र्तगत खेलकुद विद्यालाई व्यवस्थित र नियमित गर्ने उद्देश्य लिई अब्बल व्यवस्थापनका साथ शैक्षिक वातावरणमा विर्तामोड नगरपालिका ५, बुट्टावारीमा २ विघा घेरावार सहितको जमिनको प्रयोग गरी सुरक्षित वातावरणमा आधारभूत तहको शिक्षालाई निकट भविष्यमै संचालन गर्ने भावी कार्यक्रम रहेको जनाइएको छ ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर