

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीको १ नंम्बर प्रदेश समितिको अध्यक्षमा झापा दमकका राम थापा बिजयी भएका छन् ।

प्रदेश समितिको लागि दमकमा भएको निर्वाचनमा भक्ति सिटौलालाई ५२ मतले पराजित गरी थापा निर्वाचित भएका हुन् । थापाले २७५ मत पाउँदा सिटौलाले २३७ मत ल्याएका छन् ।
Views: 211

