Aamsanchar

सडक खन्ने क्रममा अनौठो ढुंगा भेटियो, पूजा गर्नेको भीड

Author Image
शुक्रवार, मंसिर १०, २०७३

ताप्लेजुङ ।download

ताप्लेजुङ नगरपालिका–२ भाटेमा सडक निर्माणको क्रममा अनौठो ढुंगा भेटिएपछि स्थानीयले भगवानको प्रतीक मान्दै पूजाआजा गर्न थालेका छन् ।

चार क्विन्टलभन्दा बढी वजन भएको ढुंगामा मानव पाइला, भगवानको प्रतीक, नाग, हनुमानजस्ता विभिन्न आकृति रहेका छन् । यो ढुंगासँगै भगवान शिवजीको वाहन साँढे जस्तो अर्को ढुंगासमेत भेटिएको छ ।

स्थानीयबासिन्दाले अनौठा ढुंगालाई सँगै राखेका छन् । उनीहरुले सोही स्थानमा मन्दिर बनाउने योजना बनाएका छन् । अहिले अनौठो ढुंगा हेर्न दिनदिनै ठूलो संख्यामा मानिसहरु पुग्ने गरेका छन् ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर