Aamsanchar

झापा क्षेत्र नं. ४ मा जयनारायण विजयी

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

झापा । सरल अनि पार्टी र जनप्रतिनिधीको जिम्मेवारीलाई उत्कृष्ठ ढंगलेले कार्य सम्पादन गर्दै आएका जयनारायण साह नेपाली कांग्रेसको झापा क्षेत्र नं. ४ को सभापतिमा अत्याधिक मतका साथ विजयी भएका छन् ।

स्थानीय सरकार प्रमुखका रुपमा झापा गाउँपालिकाको निर्वाचित अध्यक्ष समेत रहेका साहले १ सय ९० मत अन्तरले विजयी भएका हुन् । उनले ४ सय ६४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नारायण बजगाईँले २ सय ७४ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा रुपनारायण खतिवडा९रमेश० ले ३ सय १७ र सुमन काफ्लेले ३ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन् । सचिवका प्रत्यासी पदमवहादुर थापाले २ सय ७३ मत, गोमादेवी कार्कीले २ सय ४९ मत, रुद्रमणि भट्टराई ९२ मत, टंकप्रसाद तुम्बाफोले ९० मत प्राप्त गरेका छन् ।

त्यस्तै सह–सचिवमा ईन्द्रप्रसाद प्रसाईँले ४ सय ७८ मत र कोषराज गड्तौलाले ३ सय ४४ मत प्राप्त गर्दै विजयी भएका छन् । सहसचिवमा प्रत्यासीका रुपमा रहेका भिमवहादुर कार्कीले २ सय ६७ मत र कृष्णप्रसाद गौतमले २ सय ३९ मत प्राप्त गरेको संचारकर्मी एवम् कांग्रेसका युवा नेता डिल्लीराम घोर्साईँले जानकारी दिएका छन् ।

क्षत्रीय सदस्य खुल्ला तर्फ नरेन्द्र बस्नेत ४४९,कृष्णप्रसाद कार्की ४१७, दुर्गाप्रसाद भट्टराई ३५५ मत प्राप्त गरी विजयी बनेका छन् ।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर