Aamsanchar

झापा कांग्रेसको सचिवमा बिमलीद्वारा उम्मेद्बारी घोषणा

Author Image
बुधवार, मंसिर ८, २०७८

बिर्तामोड । नेपाली कांग्रेसका युवा नेता नवीन बिमलीले झापा जिला सचिव पदमा उम्मेद्बारी घोषणा गरेका छ्न् ।

नेपाल विद्यार्थी संघ मेची बहुमुखी क्याम्पस इकाई सदस्यबाट राजनैतिक यात्रा शुरु गरेका विमली नेविसंघको जिल्ला सभापति , कांग्रेसको क्षेत्रीय सभापति हुँदै सक्रिय राजनीतिमा लागेका युवाहरू बिच लोकप्रिय छ्न ।

राजनीतिका साथै सामाजिक क्रियाकलाप सक्रिय रहेका विमलीको सचिव पदको उम्मेद्बारीसगै नयाँ उमंग थपिएको र बिजय सुनिश्चित रहेको कांग्रेस प्रतिनिधिहरु बताउछन् ।

जिल्ला सभापतिका उम्मेद्बार देउमान थेबेको समुहबाट सचिवमा उम्मेद्बारी घोषणा गरेका उनलाई कांग्रेस नेता कृष्णप्रसाद सिटौला , कांग्रेसका केन्द्रिय सदस्य केशव कुमार बुढाथोकी, पुर्व साम्सद , डिल्ली सिटौला ,सुधीर सिवाकोटी तथा जिल्ला सभापति उद्द्व थापाको समेत समर्थन रहेको देखिन्छ ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर