Aamsanchar

अर्जुनधारामा हजारौंले छरे सत्वीज

Author Image
सोमवार, मंसिर १३, २०७३

binod

मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन आज बिहान अर्जुन पोखरीे किनारमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ ।
यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासमा पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वर धाम मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

तस्वीर:  विनोद पाण्डे/आमसंचार

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर