ताप्लेजुङ ।

ताप्लेजुङका पहिलो पत्रकार गोपीकृष्ण अधिकारीको निधन भएको छ ।

बिरामी भएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका अधिकारीको उपचारकै क्रममा शनिबार राति निधन भएको उहाँका छोरा सुशील अधिकारीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय समाचार समितिको संवाददाता भइ कार्य गर्नु भएको थियो ।

उहाँले जिल्लामै पहिलोपटक ताप्लेजुङ साप्ताहिक पत्रिका सञ्चालनमा ल्याउनुभएको थियो ।
त्रिहत्तर वर्षीय अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले बताएका छन् ।


Views: 264

