
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । कार्यक्रममा ओली सहभागी हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बिहीबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा ओली रुघाखोकीका कारण अस्वस्थ भएको भन्दै सहभागी भएका थिएनन् । तर, कांग्रेस महाधिवेशनमा ओली सहभागी हुने भएका हुन् ।

नेपाली कांग्रेसको महाधिवेशन आज दिउँसो १ बजे भृकुटिमण्डपमा सुरु हुँदैछ । महाधिवेशन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।
Views: 186



