Aamsanchar

वीरगञ्जबाट नगर प्रहरी नै अपहरणमा परेपछि..

Author Image
मङ्गलवार, मंसिर १४, २०७३

वीरगन्जःNepal-polic-583d7295a41b32.44538949

वीरगन्ज उपमहानगरपालिका कार्यालयका नगर प्रहरी राम अवतारप्रसाद कुर्मी अपहरणमा परेका छन् ।

वीरगन्ज २७ रामगढवा घर भइ उपमहानगरपालिका कार्यालयमा कार्यरत नगर प्रहरी ५६ बर्षीय कुर्मी गत आइतबार साँझ पर्साको हरपुरबाट अपहरणमा परेको उनका परिवारले बताएका छन् ।

हरपुरमा रहेको खेतमा धान लिन गत आइतबार गएका कुर्मी आइतबार साँझदेखि घरपरिवारको सम्पर्कमा नआएको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए ।

हरपुरमा धान लिन गएका कुर्मीले अस्ति आइतबार साँझ ५ बजे वीरगन्जमा रहेका छोरा विजयप्रसाद पटेललाई फोन गरेर धान ओसार्नका लागि ट्याक्टर लिएर आउने खबर गरेका थिए । उनले आउने खबर गरे लगत्तै मोबाइल स्वीच अफ भएको थियो । त्यसपछि भने उनी घरपरिवारबाट सम्पर्क बिहिन भएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

आइतबार साँझदेखि सम्पर्क बिहिन कुर्मी सवार स्कुटी हरपुरको खेतमै फेला परेको छ । परिवारका सदस्यले हरपुरलगायत आसपासका गाँउ तथा नातेदार सबैतिर खोजतलाश गर्दा पनि फेला नपरेपछि मात्र सोमबार प्रहरीलाइ खबर गरेका थिए । ‘अहिलेसम्म उहाँको अवस्था पत्ता लाग्न सकेको छैन’, कुर्मीका आफन्त उमेश पटेलले भने, ‘प्रहरीलाई पनि जानकारी गराइसकेका छौँ ।’

प्रहरी नायब उपरीक्षक जोशीले पनि आइतबारदेखि सम्पर्क बिहिन भएका कुर्मीको अवस्थाका बारेमा अहिलेसम्म केही पत्ता नलागेको बताए । प्रहरीले भने अपहरण नै भएको हो भन्ने यकिन भइ नसकेको बताएको छ । जोशीले भने, ‘खोजी कार्य जारी छ ।’अन्न्पूर्णबाट

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर