Aamsanchar

भद्रपुरको विकासका लागी ५० करोड

Author Image
बुधवार, मंसिर १५, २०७३

 

(पार्थ मण्डल)
भद्रपुर ।10372124_583961161704929_8225434873028321096_n

झापाको सदरमुकाममा पर्ने भद्रपुर नगरलाई आर्थिक एवम व्यवसायिक केन्द्रको रुपमा स्थापना गराउने उदेश्यले नगरपालिकाले चालु आर्थिक बर्षमा २१ वटा आयोजनामा ५० करोड खर्च गर्ने निर्णय गरेको छ ।

सरकारले भारतसंग सिमा जोडिएका भद्रपुरसहित तराईका १८ वटा नगरपालिकालाई आर्थिक एवम व्यवसायिक केन्द्रको रुपमा स्थापना गराउन सघन शहरी विकास कार्यक्रम अन्तरगत चालु आर्थिक बर्षदेखि ५० करोडको दरले चार बर्षमा २ सय करोड दिने निर्णय गरेको छ ।

सरकारले यो कार्यक्रममा ३६ अर्व खर्चिन लागेको हो । सोही कार्यक्रम अन्तरगत पहिलो चरणमा भद्रपुर नगरपालिकाले चालु आर्थिक बर्ष ०७३/७४ मा ढल निकासका लागि नालासहित सडक निर्माण कार्यलाई उच्च प्रथामिकतामा राखेको नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले बताए ।

‘सघन शहरी विकास कार्यक्रम’ अन्तर्गत सर्वदलीय तथा सम्बन्धित विषयगत कार्यालयहरुसंग यही मंसीर ६ गते भद्रपुर नगरपालिकामा बसेको बैठकमा पारित २१ वटा आयोजना सञ्चालनका लागि शहरी विकास तथा भवन निर्माण विभागमा निर्णय पेश गरिसकेको कार्यकारी अधिकृत राईले बताए ।

निर्णय गरिएको आयोजनाका कार्यक्रमहरु सहरी विकास तथा भवन निर्माण कार्यालयबाटै ठेक्का लागि काम सुचारु हुने अधिकृत राईले बताए । भवन निर्माण कार्यालय हाल पठाइएको आयोजनाहरुको इस्टिमेट तथा डिजाईको काम धमाधम भइरहेको जानकारीमा आएकोले चाडै टेण्डर प्रक्रियामा जाने उनले बताए ।

पेश गरिएको आयोजनाहरु मध्ये ०७३/७४ मा वडा नम्बर १४ को विपी चौकदेखि लेखनाथचौकसम्म पक्की नालासहित बाटो विस्तार गर्ने, वडा नंम्बर १५,९ र ४ को लेखनाथ चौकदेखि तेलिभिट्टा हुदै मन्त्री चौकसम्म पक्की नालासहित बाटो विस्तार गर्ने, वडा नंम्बर ९ को विद्युत प्राधिकरणदेखि पश्चिम सगरमाथा चौकसम्म पक्की नालासहित बाटो विस्तार गर्ने काम साथै झिलमिलिया पैनीमा तटबन्धन गर्ने, वडा नम्बर ५ र ६ को बंगाली टोलदेखि झिम्की चौक हुँदै मेची किनारसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने, वडा नम्बर २ को मन्त्री चौकदेखि संयुक्त वडा कार्यालय महेशपुर हुँदै ज्ञाने चौक सिमासम्म पक्की नाला सहित बाटो विस्तार गर्ने, वडा नम्बर १० को जिविसदेखि दक्षिण कारागार हुँदै धुलाबारी जोड्ने बाटो पक्की नाला सहित बाटो विस्तार गर्ने, वडा नम्बर २ र ३ को मन्त्री चौकदेखि पश्चिम बागडुग्रा पैनीसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने, भद्रपुर ११ को देवकोटामार्ग देखि सेन मार्गहुँदै हडिया खोलासम्म पक्की नालासहित बाटो विस्तार गर्ने, वडा नम्बर १५ को गार्मेन्ट चौकदेखि अन्जनी मोड हुँदैपश्चिम देउनिया खोलासम्म पक्की नाला सहित बाटो विस्तार गर्ने, वडा नम्बरको १३ साई मार्गदेखि कौवा खाडीसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने निर्णय गरेको छ ।

त्यस्तै वडा नम्बर ८ को अस्पताल चौकदेखि गणेश मन्दिर हुँदै घोडामारा पैनीसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने, वडा नम्बर २ को रङ्गेडाँडा दक्षिण जनकल्याण हुँदै फागो चौकबाट मावा चौक, माझी टोल हुँदै ज्ञाने चौकसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने, वडा नम्बर ४ र ६ को भानुचौकदेखि तेलिभिट्टासम्म पक्की नालासहित बाटो विस्तार गर्ने, भद्रपुर ५ को नयाँबजार दक्षिणतर्फ हुँदै अमलाडाँगी, तारानगर, डाँगीबारी हुँदै पाण्डे चौकदेखि आँपगाछी चौकी हुँदै किच्चकबध भैसाबाडीसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने, वडा नम्बर १३ को विपी चौकदेखि चैतु मन्दिरसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने, वडा नम्बर १२ र १३ को चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको कार्यालय छेउदेखि देउनिया खोला तिरको बाटो (रिङ्गरोड) निर्माण गर्ने, वडा नम्बर ९ को कुमार श्रेष्ठको घर उत्तरतर्फको पक्की नाला निर्माण गर्ने, वडा नम्बर ७ को जनता चौकछेउको कल्भर्ट पूर्वतर्फ मेची नदीसम्मको पक्की नाला निर्माण गर्ने, सोही वडाको देवीबस्तीबाट बलभद्र टोल हुँदै घिमिरे बस्ती, श्याम चौधरीको घरबाट घोडामारा पैनीसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने, वडा नम्बर १३ को चन्द्रगढी टि स्टेटबाट धनुषमोड आउने बाटो कालोपत्रे गर्ने र वडा नंम्बर १३ र १५ को शिवमन्दिर, चैतुबारीबाट डाँफे चौकसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने निर्णय गरेको छ ।

नगरको पूर्वाधार निर्माण कार्यमा चुनौती

नेपालको सबै भन्दा पुरानो नगरपालिका भनेर चिनिएपनि पूर्वाधार विकास निर्माणका कार्यले पछि परेको नगरपालिकामा पर्छ ।

चन्द्रगढी र महेशपुर गाभिएर वृहत नगरपालिका भएपनि नगरपालिकाबाट हुृने गरेको विकासे कामहरुले अझै पनि तीव्रता पाएको छ । नगरपालिकाबाट हुने गरेको ठूला आयोजनाहरु कहिले समयमा सकेन् । दलिय स्वार्थ, कर्मचारी र ठेकेदार बिचमा कमिशनको चक्करले नगरको कामहरु सधै अलपत्रमै परेको छ ।

नगरपालिकालाई बार्षिक ५० करोड खर्चिने थप जिम्मा सरकारले प्रदान गरेको अवस्थामा नगरमा निर्माणधिन अवस्थामा रहेका आयोजना कहिले बन्ला भनि नगरबासीको मनमा प्रश्न उब्जिएको छ । नगरमा निर्माणधिन अवस्थामा रहेको कोल्ड स्टोर, नगरपालिकाको कार्यालय भवन, गतबर्ष विभिन्न सडकमा निर्माणधिन अवस्थामा रहेको नालासहितको सडक निर्माण लगायतका कार्य अझै पुरा भएको छैन ।

जसमध्ये कोल्ड स्टोर र कार्यालय भवन त ओझेलमै परेको छ । पशुबधशालाको अवस्था पनि त्यतीकै छ । नगरपालिकाले उदघाटन गर्ने नसकेको बर्सपार्क पनि जिर्ण बनिसकेको छ । हाट बजार व्यवस्थापन सहित पशुहाट बजार अस्तव्यस्त छ ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर