

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका मिनेन्द्र रिजालले नतिजा सन्तोषजनक नआएपछि रक्षामन्त्री पदबाट राजिनामा दिने भएका छन्,।

कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।


Views: 551

