Aamsanchar

भद्रपुरका व्यापारीले बाणिज्य संघलाई टेरेनन्

Author Image
शुक्रवार, मंसिर १७, २०७३

(पार्थ मण्डल)

भद्रपुर ।15327746_934834926653604_1661132477_n

भद्रपुरका व्यापारीले झापा उद्योग बाणिज्य संघ जिल्ला कार्य समितिको निर्णयलाई अटेर गर्दै आइरहेका छन् ।

हरेक विहिवार एकदिन साप्ताहीक भद्रपुरबजार बन्द गर्ने संघले पटक पटक आग्रह गर्दै पत्रचार गरेपनि भद्रपुरका केही व्यापारी समूहले संघको निर्णयलाई लत्याउदै पसल खोलेर कारोबार गरिरहेको फेला परेको छ । विहिवार भद्रपुरमा अधिकाश पसल खुल्ला हुन्छ ।
पसलका सञ्चालकले आफुखुशी विहिवारका दिन पसल खोल्दा त्यहा काम गर्ने कामदारलाई समेत व्यापारीले श्रम शोषण गर्दै आइरहेका छन् । सरकारले त शनिवारको दिन एक सरकारी विदा दिन्छ, तर यहाका केही व्यापारीले कामदारलाई कुनै दिन विदा नदिई दैनिक काम गराई रहेका हुन्छ । कामदारको पक्षमा कोही बोल्ने मान्छे नभएकाले व्यापारीकै राजमा उनीहरु चल्न बाध्यछन् ।
भद्रपुरमा यसअघि हरेक आइतबार बजार बन्द हुन्थ्यो । यहाँका व्यापारीले संघको सहकार्यमा सो दिनलाई परिवर्तन गर्दै विहिवार पारेका हुन् ।
सिमा क्षेत्रका बजार भएकाले यहाँका व्यापारी भारतको सिलगुडीबाट सरसमान खरिद गर्नुपर्ने अवस्थालाई मध्यनजर राख्दै सो दिनलाई परिर्वतन गरिएको बाणिज्य संघले जनाएको छ ।
सिलगुडी बजार आइतबार बन्द हुन्छ । यहाँका व्यापारीलाई भारतको बजार बन्द हुने थाहा हुन्छ, तर भद्रपुर बजार विहिवार बन्द गराउनु पर्नेमा केही व्यापारी मै हु भन्दै अटेर गरेर खोल्छन्, एक व्यापारीले भने । यो संघमा आवद्ध पदाधिकारीको कमजोरी हो, भद्रपुरमा एउटा निर्णय कार्यान्वयन गराउन नसक्ने यस्तो लाचार बनेका कार्य समितिले जिल्लाको हकमा कसरी काम गरिरहेका छन्, उनले भने ।

भद्रपुरमा व्यापारी चुन्नी मित्रुकाले केही व्यापारी कारण भद्रपुर बजार बन्द हुन नसकेको बताए । केही व्यापारीले अटेर गरेका कारण आफुले पनि पसल खोल्नु पर्ने बाध्यता रहेको बताउदै संघकै कमिजोरीले व्यापारीले प्रोत्सहान पाइरहेको उनको भनाई छ ।
यसअघि पनि व्यापारीले साप्ताहिक बजार उल्लघन गरेका थिए । व्यापारीले संघको निर्णय उल्लघन गरेपछि २०७१ जेठको दोस्रो साता संघका तत्कालिन वरिष्ठ उपाध्यक्ष नवराज पनेरु (राजु) अध्यक्षतामा बसेको बैठकले साप्ताहिक बजार बन्द नगर्ने व्यापारीलाई कार्वाही गर्ने निर्णय गरिएको थियो । सो बैठकमा संघका पदाधिकारी, व्यापारी र कामदारको सहभागि थिए । सोही बैठकले मोहम्मद हजरज अलिको संयोजकत्वमा साप्ताहिक बजार बन्द गराउन उपसमिति पनि गठन गरे ।

बन्द अवज्ञा गर्ने पसललाई कार्वाही स्वरुप पहिलो पटकलाई पाँच सय, दोस्रो पटकलाई एक हजार र तेस्रो पटकलाई ५ हजार सम्म जरिवाना गराउनुका साथै त्यसपश्चात पनि व्यापारीले बन्दको अवज्ञा गरे संघले त्यस्ता व्यापारीलाई कुनै किसिमको सहयोग नगर्ने लिखित निर्णय समेत भएको थियो । यतीहुदाहुदै संघका वरिष्ठ उपाध्यक्ष पनेरु हाल संघका वर्तमान अध्यक्ष भइसके । एकबर्ष कार्यकाल पनि बित्न लागि सकियो, तरपनि साप्ताहिक बजार बन्द अझै कार्यान्वयनमा आएको छैन ।
भद्रपुरमा विहिवार र चन्द्रगढी शनिवार बजार बन्द राख्न संघमा यसअघि नै निर्णय भइसकेको संघका अध्यक्ष नवराज पनेरुले बताए । भद्रपुरका व्यापारीले संघको निर्णयलाई लत्याएको थाहा पाएकोले फेरी पत्रचार गर्ने र त्यसपछि पनि अटेर गरेको पाइएमा व्यापारीलाई संघको नियम अनुसार कार्वाही गरिने उनले बताए ।

भद्रपुर बजार व्यवस्थापनका सदस्य सुविन खडकाको संयोजकत्वमा उपसमिति गठन भइसकेकोले सो समितिलाई साप्ताहिक बजार बन्द कार्वान्यवन गराउन लगाउने उनको भनाई छ ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर