Aamsanchar

चरा फोटोग्राफर खरेललाई दोस्रो ठुलो सफलता, इलाममा भेटियो दुलर्भ चरा (हङरायो)

Author Image
मङ्गलवार, पौष ६, २०७८

झापा ।  नेपालमा १५० बर्ष पछि दुर्लभ बनेको पंक्षी ‘हङरायो’ पूर्वी नेपालको इलाममा फेला परेको छ । चरा फोटोग्राफर तथा फोटो पत्रकार देवेन खरेलले इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा मंगलबार एक जोडी भाले हङरायो फेला पारेका हुन् । उनले यी दुर्लभ चराको तस्बिरसमेत सार्वजनिक गरेका छन्।

नेपालीमा हङरायो नामले चिनिने यो पंक्षीको वैज्ञानिक नाम रुफस नेक्ड हर्नबिल हो । हङरायो धनेश समूहभित्रको त्यस्तो सुन्दर पंक्षी हो ।

चराको तस्बिर खिचेपछि खुशी हुँदै खरेलले भने, ‘मेरो जीवनको दोस्रो ठूलो उपलब्धि, होमराई चरा दुईवटा भाले बाटोमा भेटिए । नेपालमा डेढ सय वर्षयता यो चरा देखिएको थिएन । पहिले यसको अस्थित्व हुँदा पनि फोटोग्राफी प्रमाण थिएन । यसको फोटो अहिलेसम्म नेपालमा कोहीसँग पनि छैन । डेढ सय वर्षयताकै यो पहिलो रेकर्ड हो नेपालमा ।’

खरेलको भनाई अनुसार इलामको सूर्योदय नगरपालिका १ को सिमधाम भन्ने ठाउँको समुद्री सतह देखि १३ सय मिटरको उचाई चरा भेटिएको हो ।

खरेलले यो भन्दा पहिले दुर्लभ मानिएको हरियो परेवालाई नेपालमा रेकर्ड गराएका थिए ।

 

 

 

Views: 516

प्रतिक्रिया (०)

सम्बन्धित खबर