Aamsanchar

स्वर सम्राट नारयणगोपालको २६ औं स्मृतिमा गायन प्रतियोगिता सम्पन्न

Author Image
आइतवार, मंसिर १९, २०७३

विनोद पाण्डे, तस्वीर पनि  ।

नारायणगोपालले पहिलो पटक त्रिचन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरूका आग्रहमा मञ्चमा उत्रिने आँट गरे। जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए। काठमाडौं किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए , नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गरे तर नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउने गर्थे।प्रेमध्वोज प्रधान र मनिक रत्नले भन्छन् उनले हिन्दीलाई नेपाली बनाएर गीतको लय नै बिगारेर गाउथे रे।

माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए। गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो। उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे। प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए, त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छ ओटा गीत तयार भए। ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए। उनले त्यस संकलनमा चारओटा एकल  स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल  र दुइटा युगल – बिछोडको पीडा र ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो  गीत गाए।

यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकतामा सम्पन्न भयो। त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो। उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे। राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए। पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा  तिमीलाई ज¨लभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए। यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो।

उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आङ्खनो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो। यससमय नेपाली संगीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे। उनले शुरुवाती चरणमा गाएका गीतबाट बढी जसो स्रोता पछि विस्तारै कवि लेखक प्रभावित हुँदै गए।

उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले। यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमाण भयो , बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमाललाई प्रेमीको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगितकर्मी गोपाल योञ्जनलाई एक मीतका रूपमा पाए।
नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार रेडियो नेपाल, २०२४ सालमा सर्वोत्तम गायक रेडियो नेपाल, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो,मरणोपरान्त जस्ता पुरस्कारबाट सम्मानित हुनुभयो।

खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, विशेष गरी कोठाको अगाडि पर्यो कि बजाउन थालिहाल्ने र फोटो ग्राफीमा रुची राखने उहाँको बानी र शौख थिए। बागीनाको प्रकाशक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटकको कथा कान्छी मस्याङ लेखेका थिए। उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर हस्पिटलमा भएको भयो। नेपाली गित संगितलाई उचाईमा पु¥याउने कालमयि गित संगीतका मुहान नारायण गोपालको मृत्युपछी उनलाई नेपाली जनताले स्वर सम्राटको उपाधी दिए ।

b1

नारायण गोपालका कालमयी गित प्रस्तुत गर्दै बरिष्ठ गायक कुवेर राई

नेपाली गोक आधुनीक गित हुदै हाल पप र ¥याप गितहरु  निस्किसकेको अवस्थामा पनि नारायण गोपालले गाएका गित बृद्ध देखी बालको मनसपटल र जिब्रोमा झुन्डिएको छ । तिनै महान गायकको कृतिलाई संरक्षण र प्रर्वधन गर्ने उदेश्सयले झापाको विर्तामोड–९ सैनिकमोड र आसपासमा रहने  साहित्य प्रेमीहरुको प्रयासमा नारायण गोपाल स्मृति प्रतिष्ठान स्थापना गरी नारायण गोपालका गित र उनलाई जीवन्त राख्ने प्रयासमा लागि परेका  छन प्रतिष्ठानका  सदस्यहरु ।

b2

गायक कुवेर राईलाई साथ दिदै भारत मिरिककी गायिका भावना थापा

स्थापनाकाल देखिनै विभिन्न कार्यक्रम गदै आएको संस्थाले यस बर्ष नारायण गोपालको २६ औं स्मृतीमा विर्तामोड स्थित आर्दश व्यङकेट पार्टी प्यालेसमा नारायाण गोपाल गिती सा“झको आयोजना गर्यौ ।प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा  नारायण गोपालका गितहरु प्रतियोगितात्मक रुपमा  छ जनाले गित प्रस्तुत गरेका थिए । प्रतियोगितामा दुर्गा ओली, रोशन खरेल,नविना ओली, विशाल घिमिरे, अर्जुन थेवे र अस्मिता शिवाकोटीले  गित प्रस्तुत गरेका थिए । निर्णायक मण्डलमा गणेश रसिक, शिवशंकर थापा र कुवेर राईरहेका थिए । प्रतियोगितामा दुर्गा ओली प्रथम, अस्मिता शिवाकोटी दोस्रो र रोशन खरेल तेस्रो बन्न सफल भए ।

 

b3

गायन प्रतियोगितामा उपस्थित श्रोता, दर्शकहरु

प्रथम पुरस्कार दश शजार पा“च रुपैया,  राधे राधे हाउजिङ सैनिकमोड, दोस्रो पुरस्कार, रारा चिया प्रशोधन उद्योग गरामनी र देस्रो पुरस्कार शिखर बजार विर्ताबजारले प्रायोजन गरेको थियो ।
कार्यक्रममा बाध्यवादन बासुरीमा कैलास राई, गितारमा जोनी योन्जन, तवलामा भरत घिमिरे, किवोर्डमा अनिल राय रहेका थिए भने मुख्य गायकमा कुवेर राई र सहयोगी गायनमा भावना थापाले गित प्रस्तुत गरेका थिए ।गायक राईले नारायणगोपालका गितहरु म मरेपनि मेरो देशको मा“या छ, मेरो आखामा, लौ सुन म भन्छु मेरो राम कहानी लगायत दशवटा गित प्रस्तुत गरेका थिए ।

स्वर्गीय नारायणगोपालको स्मरण गर्दै  हलमा स्थानिय समाजसेवी, राजनितिज्ञ, व्यवायी, प्रहरी प्रसाशन, सञ्चारकर्मीगरी करीव दुईसय जनाको उपस्थिती रहेको थियो ।  मधुमेह, मृगौला रोगका पिडित नारायणगोपालले उचित उपचार पाउन नसकेको कारण  मृत्यु हुनु परेको दुखलाग्दो स्मरहण गर्दै झापामा रहने अत्यन्त निम्नवर्गका मृगौला रोगीलाई सानो भएपनि बार्षिक रुपमा आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रतिष्ठानले यस बर्ष झापा शनिअर्जुका मृगौला पिडित भूपेन राईलाई नगत दश हजार उपलव्ध गराएको थियो ।  कार्यक्रम प्रतिष्ठानका सचिव रुद्र सिटौलाले संचालन गरेका थिए ।

b4

   मृगौला रोग पिडित भूपेन राईकी श्रीातीलाई सहयोग रकम  हस्तान्तरण गर्दै प्रमुख अतिथि गणेश सिरक

 

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर