Aamsanchar

झापामा ‘नर्मल’भन्दा ‘सिजरिङ डेलिभरी’ गर्ने धेरै

Author Image
मङ्गलवार, मंसिर २१, २०७३

बिर्तामोड।15012016052247Pregnant-Woman_01-600x0

झापामा ‘नर्मल डेलिभरी’भन्दा ‘सिजरिङ डेलिभरी ’ गर्नेको महिलाको संख्या बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसा र आमा सुरक्षा कार्यक्रम लागू भएको स्वास्थ्य संस्थामा पनि यस्तो पाइएको हो ।

जनस्वास्थ्यको तथ्यांक अनुसा लाइफलाइन अस्पताल दमकमा गत आर्थिक वर्ष चार हजार नौ सय ८३ शिशुको जन्म भएको थियो । जसमा दुई हजार चार सय २९ जना महिलाको शल्यक्रियाद्वारा बच्चा जन्मिएका थिए ।त्यस्तै आम्दा अस्पतालमा छ हजार सात सय ७० वटा डेलिभरी भएकोमा तीन हजार तीन सय ८० जना गर्भवती महिालको सिजर गरेर शिशु निकालिएको थियो ।
चालू आर्थिक वर्षमा पनि नर्मलभन्दा सिजर गरेर बच्चा जन्माउने महिलाको संख्या बढेको छ । तथ्यांक अनुसार चालू आर्थिक वर्षको चार महिनामा दुई हजार पाँच सय ११ जना महिला आम्दा अस्पतालमा डेलिभरी भएकोमा एक हजार दुई सय ३६ महिलाको सिजर गरिएको छ ।
यता लाइफ लाइन अस्पताल दमकमा दुई हजार दुई सय ६१ जना महिलाले शिशु जन्माएकोमा एक हजार तीन सय ४७ जना महिलाले सिजरद्वारा शिशु जन्माएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाकी पब्लिक हेल्थ नर्स अनिता ओली का जिल्ला जनस्वास्थ्य झापा अन्तर्गत रहेका स्वास्थ्य संस्थामा पनि डेलिभरी हुने महिलाको संख्या त्यस्तै छ ।
उनका अनुसार धुलाबारी प्राथमिक स्वास्थ्य संस्थामा चालू आर्थिक वर्षको चार महिनामा एक सय ८५ वटा डेभिरी भएका छन् । अघिल्लो आर्थिक वर्ष चार सय २३ वटा डेलिभरी भएका थिए । उता सुरुङ्गामा २१ वटा डेलिभरी यसवर्ष भएका छन् भने अघिल्लो आर्थिक वर्ष ७३ वटा डेलिभरी भएका थिए ।
त्यस्तै शनिश्चरेमा चालू आर्थिक वर्षमा सात अघिल्लोमा ३४ डेलिभरी भएका थिए । शिवगञ्जमा चालू आर्थिक वर्षमा २५ र अघिल्लो आर्थिक वर्षमा ५२ वटा डेलिभरी भएका थिए । बनियानीमा चालू आर्थिक वर्षमा नौ र अघिल्लो आर्थिक वर्षमा ३७ डेलिभरी भएका छन् ।
सबैभन्दा कम डेलिभरी खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा अघिल्लो आर्थिक वर्षमा चार वटामात्र डेलिभरी भएका थिए ।

यो आर्थिक वर्षमा भने सात वटा डेलिभरी भएका छन् । त्यस्तै चन्द्रगढी स्वास्थ्य चौकीमा चालू आर्थिक वर्षमा चार र अघिल्लो आर्थिक वर्षमा १९, खुदुनाबारीमा चालू आर्थिक वर्षमा चार र अघिल्लो आर्थिक वर्षमा ३३ वटा डेलिभरी भएका छन् । यता पथरीयामा गत आर्थिक वर्ष ३८ वटा डेलिभरी भएका थिए भने चालू आर्थिक वर्षको २८ वटा डेलिभरी भएका छन् ।
पृथ्वीनगर स्वास्थ्य चौकीमा चालू आर्थिक वर्षमा सात र अघिल्लो आर्थिक वर्षमा ३७ वटा डेलिभरी भएका छन् । त्यस्तै राजगढमा चालू आर्थिक वर्षमा ४० वटा डेलिभरी भएका छन् भने अघिल्लो आर्थिक वर्षमा ९० वटा डेलिभरी भएका छन् । यता केचनामा चालू आर्थिक वर्षमा १२ र अघिल्लो आर्थिक वर्षमा ३२ वटा डेलिभरी भएका छन् ।  पछिल्लो समय चेतनास्तरमा वृद्धि भएसँगै स्वास्थ्य संख्थामा प्रसुति हुने महिलाको संख्यामा वृद्धि भएको छ ।

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर