Aamsanchar

पाँचसय विपन्न परिवारलाई निःशुल्क घर बनाउन तीन करोड

Author Image
बिहिवार, मंसिर २३, २०७३

झापा ।Earthquake-secure-home

जनता आवास कार्यक्रम सञ्चालनका लागि झापामा तीन करोड रुपैयाँ वजेट विनियोजन भएको छ ।
नेपाल सरकारको बार्षिक कार्यक्रम अन्र्तरगत यसबर्षदेखि जनता आवास कार्यक्रम सञ्चालनमा आएको हो । जस अनुसार झापालाई तीन करोड रुपैयाँ वजेट विनियोजन भएको सहरी विकास तथा भवन निर्माण कार्यालय इलाम अन्र्तरगतको फिल्ड कार्यालय भद्रपुरले जनाएको छ ।
कार्यालयका इन्जिनियर सुमनकुमार मिश्रका अनुसार सहरी विकास मन्त्रलाय, सहरी विकास तथा भवन निर्माण विभागको निर्णय अनुसार झापामा जनता आवास कार्यक्रम सञ्चालन हुन लागेको हो । जस अन्र्तगत चालू आर्थिक वर्षमा पाँचसय विपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्र्तरगत निःशुल्क घर बनाइदिन लागेको बताइएको छ ।
जसका लागि सांसद अमृतलाल राजवंशीको संयोजकत्वमा सांसद दीपक कार्की र सांसद भक्तबहादुर विश्वकर्मा सदस्य मनोनयन भएका छन् ।
विभागको निर्देशिका अनुसार दलित, विपन्न, मुस्लिम, लोपउन्मुख र अति सिमान्तकृत समुदायलाई यस कार्यक्रममा सहभागी गराइने उल्लेख छ ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर