Aamsanchar

ट्राफिक प्रहरी कार्यालयबाटै सडकको निगरानी

Author Image
बिहिवार, मंसिर २३, २०७३

झापा,15355889_1192449304167567_996193494_n

झापाका दुई समाजसेवीले दुई/ दुई वटा सिसि टिभी क्यामेरा प्रदान गरेपछि विर्तामोडका सडकको निगरानी अब जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै हुने भएको छ ।

अञ्जली ओभरसिज प्रालिका प्रबन्ध निर्देशक भानु शिवाकोटी र कृष्ण चलचित्र मन्दिर विर्तामोडका प्रबन्ध निर्देशक मिजाश पोख्रेलले दुई दुई वटा सिसि टिभी क्यामेरा प्रदान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ढुण्डीराज गिरीले जानकारी दिएका छन् ।

उनका अनुसार अब विर्तामोडको ९ वटा सिसि टिभी क्यामेराले निगरानी गर्ने छ । मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा विकास हुदै गएको विर्तामोडमा सवारी ब्यवस्थित गर्ने तथा कुनै पनि अप्रिया घटना भएमा त्यसलाई सिटि टिभीले कैद गर्ने भएका उनीहरुलाई कानुनको दायरामा ल्याउन सजिलो हुने भएकाले सिसि टिभीको निगरानी महत्वपूर्ण भएको गिरीको भनाई छ ।

सिसि टिभीले दैनिक रुपमा तस्विर कैद गर्ने र उक्त तस्वीर एक महिना अघि सम्मको सुरक्षित रुपमा हेर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी याम खड्काले जानकारी दिए । विर्तामोडको कुन सडकमा कस्तो अवस्था छ भन्ने कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनबाटै निगरानी गर्न सकिने र त्यही अनुसार ब्यवस्था मिलाउने प्रमुख गिरीको भनाई छ ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर