झापा- झापाको बिर्तामोड नगरपालिका-४ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका-१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका-४ का २७ बर्षीय पुर्णलाल लिम्वु रहेका छन । विहिबार राती ८ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संकालागि चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम प्रतिवन्धित लागु औषध ब्राउन सुगर बरामद गरेको हो ।
लागुऔध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 218